काठमाडौं, ९ साउन । ‘सिमसिमे पानीमा’ जस्तो चर्चित गीत गाउने गायिका रेखा शाहले गरिब तथा असहायलाई छात्रवृत्ति दिने भएकी छिन् । हिजो विहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर फाउन्डेसनको घोषणा गर्दै दुई विद्यालयल र एक सामाजिक संस्थालाई केही रकम पनि हस्तान्तरण गरेकी छिन् । रेखाले निजी तवरबाट दुई सामुदायिक विद्यालय कन्या मन्दिर उच्च मावि क्षेत्रपाटी र कान्ति ईश्वरी राज्यलक्ष्मी माध्यमिक विद्यालय गणेशस्थानमा अध्ययन गर्ने २० जना गरीब तथा जेहेन्दार बालबालिकाको एक वर्षको सम्पूर्ण शैक्षिक खर्च वापत लाग्ने शुल्क स्वरुप एक लाख ३ हजार २ सय १० रुपैया“ र बालबालिकाको शिक्षामा सहयोग पु¥याउ“दै आएको परोपकारी संस्था ‘हेल्प नेपाल नेटवर्क’ लाई ११ हजार १ सय ११ रुपैंया“ हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा बोल्दै गायिका रेखाले भनिन् : ‘म मध्यम वर्गीय परिवारमा जन्मिए पनि मैले पढाईमा निकै संघर्ष गर्नुप¥यो, मेरो हजुरबुवाले मलाई पढ्न निकै हौसला दिनुभयो ।’ उनले त्यतिबेला आफू पढ्ने विद्यालयमा आफू एक्लो महिला विद्यार्थी भएको स्मरण गराउँदै फाउन्डेसनको माध्यबाट विद्यार्थीहरुको पठनपाठनमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले फाउन्डेसन खोलेर सहयोग गर्न थालेको बताइन् । उनले फाउण्डेसनलाई आर्थिक सहयोग जुटाउन आफुले चा“डै नै सांगीतिक समूह सुरसुधास“ग सहकार्य गर्दै विश्व भ्रमण गर्ने र त्यसको शुरुवात जापानबाट हुने जानकारीसमेत दिएकी थिईन् । त्यस्तै रेखाले कार्यक्रममा फाउण्डेसनमार्फत नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिने गीतकार, संगीतकार, गायक र गायिकालाई सहयोग र सम्मानसमेत गर्नेछु बताएकी छिन् ।
त्यसैगरी कार्यक्रममा सुरसुधाका कलाकार सुरेन्द्र श्रेष्ठले आफुहरुले रेखाको ‘सिमसिमे पानीमा’ गीतलाई रेखाकै अनुमतिमा विभिन्न कार्यक्रममा प्रस्तुत गर्ने र त्यसवापत रोयल्टी तिर्ने गरेको बताए । हेल्प नेपाल नेटवर्कका संस्थापक रविन्द्र मिश्रले एउटा महिलाले संस्था खोलेर अन्य महिलाका लागि काम गर्नु खुशीको कुरा भएको बताउँदै फाउन्डेसनको सुरुवात गरेकोमा गायिका रेखालाई बधाईसमेत दिएका थिए ।