लुसुक्क भागिन् क्याट्रिना

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७०, शुक्रबार

एजेन्सी । हिन्दीमा एउटा उखान छ– प्यार किया तो डरना क्या ! तर, रणवीर कपुर र क्याट्रिना कैफको सवालमा भने यस्तो भनाइ लागु हुँदैन । दुवै एकअर्का भनेपछि भुतुक्कै हुन्छन् । यतिसम्म कि उनीहरूबीच लगनगाँठो कस्ने कुरा सार्वजनिकसमेत भइसकेको छ । तर पनि, उनीहरू सञ्चारमाध्यममा प्रेमसम्बन्धबारे बोल्न हिचकिचाउँछन् ।
पछिल्लो पटक यो जोडी ‘द वुल्फ अफ वालस्ट्रिट’ फिल्म हेर्न सँगै गएको थियो । बलिउड निर्देशक अनुराग कश्यपले आयोजना गरेको फिल्म स्क्रिनिङ कार्यक्रममा दुवै उपस्थित थिए । उनीहरू आएको थाहा पाएपछि उनीहरूको प्रेमबारे जान्न खोज्ने सञ्चारकर्मीको ओइरो लाग्यो । तर, फिल्म सकिनासाथ रणवीरलाई लिएर क्याट्रिना फिल्म हलको पछाडिपट्टिको ढोकाबाट लुसुक्क भागिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु