• लोकको गीतमा सब्बु र सागरको अभिनय

    म्यूजिक खबर
    प्रकाशित: २८ भाद्र २०७४, बुधबार

    गीतकार लोक राईको मर्मस्पर्शी शब्दमा चर्चित राजेश पायल राइको स्वर रहेको गीत “के देखेथे एक नजर” बोलको गीतको म्युजिक भिडियो शुटिङ सम्पन्न भएको छ।

    सङ्गीतकार दिनेश सुब्बाको संगीतमा कुमार थापाको संगीत संयोजन रहेको उक्त गीतको म्युजिक भिडियोलाई फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन तथा छायांकन गरेका हुन।

    काठमाडौँको फर्पिङमा सोमबार एक्सन कट संगै क्यामेरा रोल आफै गरिरहेका नबिनको इशारामा मोडल तथा कलाकार द्वय सागर थापा र सब्बु गुरुङले अभिनय गरिरहेको थियो। उनका अनुसार एउटा छोटो मिठो प्रेम कथालाई उनले गीतको भाव अनुसार म्युजिक भिडियोमा उतार्ने प्रयास गरेका छन्| म्युजिक भिडियोलाई सतिस श्रेष्ठले सम्पादन गर्ने भएका छन्।


    नाटक हुदै म्युजिक भिडियोमा ब्यस्त बन्दै गरेका कलाकार द्वय सब्बु गुरुङ र सागर थापाले गीत संगै भिडियोको कथा राम्रो भएको र आफुहरुले पनि राम्रो अभिनय गर्ने कोशिस गरेकोले म्युजिक भिडियो राम्रै बन्ने आशा ब्यक्त गरे।

    निर्देशक तथा फोटोपत्रकार नबिन बाबु गुरुङका अनुसार म्युजिक भिडियो सकेसम्म दशैँ अघि नै सार्वजनिक गरिने छ।

    गीतकार लोक राइले सरल तथा न्यायपूर्ण ढङ्गको म्युजिक भिडियो निर्माणमा पोख्त भएकाले नबिनसंग आफुले सहकार्य अघि बढाएको बताए। यस्तै उनले आफ्नो म्युजिक भिडियो जिनियस डिजिटलबाट बजारमा आउने समेत जानकारी गराए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु