लोकदोहोरीमा रनिङ शिल्ड हुँदै

म्यूजिक खबर
प्रकाशित: १९ चैत्र २०७१, बिहीबार

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता २०७१ रनिङ शिल्ड भोलिबाट सुरु हुँदैछ । चैत २०, २१ र २२ मा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने यस रनिङ शिल्डमा दोहोरी साँझहरुबीच प्रतिस्पर्धा हुनेछ । चैत २० गतेका दिन कमलादीस्थित प्रज्ञा भवनमा खेलकूद मन्त्री पुरुषोत्तमपौडेल ारा उद्घाटन गरिने भएको छ । भोलि हुने पहिलो दोहोरी प्रतिस्पर्धामा निरमाया रोधी क्लब र बाग्लुङ कालिका दोहोरी साँझबीच हुने भएको कुरा प्रतिष्ठानका उपाध्यक्ष बद्री पंगेनीले म्यूजिकखबरलाई बताए । तीन दिनसम्म चल्ने यस प्रतियोगितामा २७ वटा दोहोरी साँझहरु सहभागी रहेको पंगेनीले बताए ।
दोहोरी साँझमा कार्यरत रहेर पनि आफ्नो प्रतिभालाई कतिले राष्ट्रियस्तरसम्म पु¥याउन नसकेका प्रतिभाहरुको उत्थानका लागि यो कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताए । शर्माले दोहोरी साँझका कलाकारहरुको बीचमा हुने यस प्रतियोगिताबाट पुरस्कृत हुने कलाकारहरुलाई नगद राशिसहित शिल्ड प्रदान गरिने बताएका थिए । प्रथम, द्वितीय, तृतीय, सान्त्वना पुरस्कारका साथै उत्कृष्ट भेषभूषा, अनुशासन जस्ता पुरस्कारबाट पनि सम्मान गरिने शर्माले बताए । त्यस्तै प्रतिष्ठानले उत्कृष्ट हुने कलाकारहरुलाई प्रतिभाको कदर गर्दै एउटा गीत रेकर्ड गरिदिने भएको छ । यसै अवसरमा स्व.लोकबहादुर क्षेत्री, नारायण पाण्डे, कल्याण शेरचन र मञ्जु महतको नाममा पनि पुरस्कार तथा सम्मान प्रदान गरिने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु