• लोकभाका र लोक बाजाको संरक्षणका लागि प्रतिष्ठान

    म्यूजिक खबर
    प्रकाशित: ८ माघ २०७२, शुक्रबार ०९:३७

    लमजुङ । लमजुङमा सिर्जित भएका ठाडोभाका सहितका लोकभाका र बाजाहरूको संरक्षण गर्ने उद्देश्यले ‘ठाडोभाका, लोक कला प्रतिष्ठान नेपाल’ गठन गरिएको छ । सो प्रतिष्ठानको संरक्षकमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र भेडीखर्के साइँला रहेका छन् । । प्रतिष्ठानको १७ सदस्यीय तदर्थ समितिको अध्यक्षमा नवराज पहाडी चयन भएका छन् ।

    यसैगरी, वरिष्ठ उपाध्यक्ष देवीबहादुर गुरुङ, उपाध्यक्ष लोकगायक राजु परियार, महासचिव सुकमाया गुरुङ, कोषाध्यक्ष कृष्ण आले, सचिव रुपिन्द्र प्रभावि छन् । त्यस्तै, समितिको सदस्यहरूमा रामचन्द्र शास्त्री, प्रेमप्रसाद पोखरेल, विश्वनाथ घिमिरे, बृषराज गुरुङ, लालुमाया गुरुङ, सुमन ढकाल, स्वस्तिका चिलुवाल, चन्द्रकान्त पौडेल, अनुज अधिकारी, शान्ता कमली र सन्तोष लौडारी छन् ।

    madhab- bhedikharke

    त्यसैगरी, समितिको ११ सदस्यीय सल्लाहकार समितिमा सांसद त्रय डा. भिष्मनाथ अधिकारी, जमिन्द्रमान घले र लालबहादुर गुरुङका साथै कविवर विजयराज न्यौपाने, धनबहादुर गुरुङ, कृष्णप्रसाद कोइराला, धनञ्जय दवाडी, पारशमणि पौडेल, आनन्द घिमिरे, मोहनहरि पौडेल र रामकुमार श्रेष्ठ छन् । सो संस्थाको कुल संस्थापक सदस्यमा प्राज्ञ इन्द्रबहादुर गुरुङसहित कुल संख्या ७७ हरेको प्रतिष्ठानका महासचिव सुकमाया गुरुङले बताए । उनका अनुसार अन्य संस्थापकहरूमा गोविन्दबहादुर कुँवर, रुद्रनिधि तिवारी, गजबहादुर गुरुङ, दामोदर अधिकारी, शालिग्राम अधिकारी, अंगराज घिमिरे, रमेशचन्द्र घिमिरे, खेमजङ गुरूङ, कृष्ण सुधा, कृष्ण गुरुङ, केयरसिंह गुरुङ, तेजनारायण अधिकारी, ध्वज गुरूङ, अर्जुन गुरुङ, भिमबहादुर दुरा, भेषबहादुर पौडेल, मेमबहादुर गुरुङ रहेका छन् ।

    यसैगरी, अन्य संस्थापकहरूमा गणेशप्रसाद न्यौपाने, मेषबहादुर भण्डारी, विष्णुप्रसाद बाँस्तोला, हरिबाबु थापा, मातृका खनाल, नुरराज कडरिया, प्रमोद श्रेष्ठ, रामचन्द्र अर्याल, राजु थापा, विष्णुप्रसाद धिताल, नविन कुइँकेल, राजेश थापा, विष्णुकुमार श्रेष्ठ, रामबाबु श्रेष्ठ, प्रेमलाल श्रेष्ठ, सूर्य गुरुङ, विमल अधिकारी, राजेन्द्र बोहोरा, उमरबहादुर गुरुङ, कृष्णराज ओलिया, शिवराज कोइराला, पशुपति घिमिरे, हरिशरण परियार, ज्ञानबहादुर नेपाली, पवित्रा थापा राना, यशोदा रिमाल, जुन तामाङ, सीमादेवी ढकाल ‘सुधा’ र अमृता घिमिरे रहेका छन् ।

     विगतमा खासगरी ५० को दशकमा द रेयुकाई नेपाल लमजुङको संस्थापक अध्यक्ष भएर नवराज पहाडीले जिल्लामा सामाजिक क्षेत्रमा विशेष पहिचान दिनुका साथै सो संस्थामार्फत साहित्यका क्षेत्रमा विविध कार्यक्रम गरिएको थियो । त्यसैगरी पहाडी संस्थापक सचिव रहेको लमजुङ कला प्रतिष्ठानले स्थापनाको पहिलो वर्ष २०५९ सालमा प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना गरिएको राष्ट्रव्यापी नृत्य प्रतियोगितामा लमजुङले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । नव गठित प्रतिष्ठानका अध्यक्ष सो पृष्ठभूमिका हुनुका साथै जिल्लाका लागि केही गर्नु पर्छ भन्ने सोच भएको अधिकांस व्यक्तित्वहरू उक्त संस्थामा आवद्ध  भएबाट पनि नवगठित प्रतिष्ठानबाट लमजुङको गरिमा उठाउनमा विशेष योगदान पुग्ने आशा गरिएको छ । यसबारेमा नव घोषित प्रतिष्ठानका अध्यक्ष पहाडीले ‘आफू निमित्त मात्र भएको र जिल्लावासी सबैको साथ सहयोग रहेमा गर्न सकिने सम्भावना धेरै रहेको’ बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु