वल्लभलाई विन्ध्यवासिनी सम्मान, १५ पत्रकार सम्मानित

म्यूजिक खबर
प्रकाशित: २७ आश्विन २०७२, बुधबार

काठमाडौं । विन्ध्यवासिनी फाउन्डेसनले अग्रज संगीतकार शक्ति वल्लभलाई ‘विन्ध्यवासिनी संगीत सम्मान २०७२’बाट सम्मानित गरिएको छ । मंगलबार राष्ट्रिय नाचघर जमलामा आयोजित विन्ध्यवासिनी सम्मान एवं संगीत साँझका अवसरमा वल्लभलाई संगीत सम्मानबाट सम्मानित गरिएको हो । वल्लभलाई अग्रज गायक प्रेमध्वज प्रधान, फाउन्डेसनकी अध्यक्ष लिना रेग्मी र कामना म्यूजिकका संचालक टुकराज काफ्लेको हातबाट ५० हजार एक रुपैयाँ र ताम्रपत्रसहित विन्ध्यवासिनी संगीत सम्मान प्रदान गरिएको थियो । चार दशक लामो समय संगीत क्षेत्रमा रहेर वल्लभले नेपाली चलचित्र, आधुनिक गीतको क्षेत्रमा योगदान पु¥याएका वल्लभले नेपाली संगीतको क्षेत्रमा सदाबहार संगीत दिइसकेका छन् ।

shakti ballav composer
सोही अवसरमा विभिन्न संचार माध्यमका १५ पत्रकारहरुलाई पनि विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । गीतसंगीतको माध्यमले संगीत क्षेत्रको विकास र विस्तारमा योगदान पु¥याएवापत म्यूजिक खबर डटकम एवं म्यूजिक खबर मासिकका प्रधान सम्पादक सुमन बैरागी, अन्नपूर्ण पोष्ट दैनिकका कीर्तन अधिकारी, हिमालय टाइम्स दैनिकका नेमिष गौतम, रेडियो नेपालका राम अबिरल, बीएफबीएस रेडियोका तुलसी बस्नेत, साप्ताहिकका विदुर खतिवडा, टाइम्स एफएमकी शारदा थापा, हिट्स एफएमकी कला सुब्बा र इमेज एफएमकी प्रिया थापालाई नगदसहित ताम्रपत्रद्वारा विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
त्यसैगरी विन्दास एफएम वीरगन्जका आरसी यादव, गोदाबरी एफएम कैलालीका गोविन्द राश्वरा, सिनर्जी एफएम चितवनकी अजिता अधिकारी, कालिका एफएम चितवनका मनोज पन्त, कान्तिपुर एफएमकी भूमिका थापा, रेडियो अन्नपूर्ण पोखराका मोहन कुमार विष्टलाई पनि गीतसंगीत पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।

suman bairagi journalist
कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना र शक्ति वल्लभवको संगीत रहेको ‘सारङ्गी त रेटे पनि बोल्छ मिठो ध्वनि’ बोलको गीत गायक शिशिर योगीले गाएर दर्शकसामु रौनकता थपेका थिए । त्यस्तै राज सिग्देलले च्वास्स घोच्ने, रामचन्द्र काफ्ले र जुनु रिजालले मात लाग्यो गीत गाएका थिए भने शंकर बिसीको समूहले खरबारीमा बोलको गीत प्रस्तुत गरेका थिए । त्यस्तै दिपक थापाले हाँस्य प्रस्तुति दिएर दर्शकलाई रमाइलो प्रदान गरेका थिए ।
कार्यक्रममा छैठौं विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७२ को विभिन्न ३१ विधामा उत्कृष्ट पाँचको मनोनयनमा परेका स्रष्टा एवं सिर्जनालाई मनोनयनको प्रमाणपत्र बितरण गरिएको थियो ।

suman bairagi-pandit suman bairagi_bindabasini bindabasini journalist award

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु