चैत २२, काठमाडौं । राष्ट्र र राष्ट्रियताको महत्वलाई आत्मसात गर्दै बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका (United Nepalese Artists Association, North America (UNAANA) ले विश्वव्यापी स्वदेशगीत प्रतियोगिता गर्न लागेको छ । युनानाको नेपाल संयोजन समिति नेपाल कलाकार मैत्री मञ्चद्वारा विश्वव्यापी स्वदेशगीत प्रतियोगिता गर्न लागेको हुँदा राष्ट्रिय भावले ओतप्रोत भएका गीतहरुलाई सहभागी गराउन अनुरोध गरिएको छ । राष्ट्रियभावका गीतहरुबाट प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने गीतलाई पुरस्कार पदक, प्रमाणपत्र र निःशुल्क गीत रेकर्ड गराइदिने आयोजक संस्था युनानाले जनाएको छ ।
– प्रतियोगितामा विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपाली लेखकहरुले भागलिन पाउनेछन् ।
– सहभागीताको लागि आफ्नो पूरा गीत सहित २०७४ बैशाख ३१ गते सम्म पठाइसक्नु पर्ने छ ।
– प्रतियोगितामा सहभागी हुने गीत कुनै पत्र(पत्रिका, पुस्तक, सामाजिक सन्जालमा प्रकाशन वा रेडियो टेलिभिजनबाट प्रशारण नभएको हुनु पर्नेछ ।
– गीत विशुद्ध नेपाली भाषामा लेखिएको हुनुपर्ने छ ।
– गीत एउटा मात्र पठाउनु पर्ने छ ।
– गीत पठाउँदा पूरा नाम, ठेगाना, फोन नम्बर र एक प्रति फोटो पनि अनिवार्य उल्लेख गर्नुपर्ने छ ।
– गीतमा राष्ट्र र राष्ट्रियता समेटिएको हुनुपर्छ।
– गीतमा व्यक्ति, लिङ्ग, जात, धर्म, भाषा, समाज, राष्ट्र र राष्ट्रियता माथि चोट पुग्ने कुनै शब्द प्रयोग भएको हुनु हुदैन।
– प्रतियोगितामा सहभागी भएको गीत अन्तिम नतिजा प्रकाशन नभए सम्म कतै प्रकाशन र प्रशारण गर्न पाइने छैन ।
– यदि कतै प्रकाशन र प्रशारण भएको थाहा भएमा उक्त गीत प्रतियोगिताबाट स्वतस् रद्द गरिनेछ
– प्रतियोगितामा समाबेश हुने गीत युनिकोडमा टाईप भएको मात्रै मान्य हुनेछ ।
– गीतको निर्णय नेपाली सङ्गीतका विशिष्ट व्यक्तित्वहरुको सामूहिक उपस्थिति बाट गरिने छ। जसमा रचना, सङ्गीत र स्वर बाट ३ जनाको निर्णायक समित बनाइने छ ।
– निर्णायकको निर्णयको आधारमा प्रथम, द्वितीय र तृतीय विजयी घोषणा गरिनेछ ।
– प्रथम, द्वितीय र तृतीय भएका गीतहरुको एउटा सीडी बनाएर सार्वजनिक गरिने छ ।
राष्ट्रिय भावका गीतहरु सहभागी गराउनका लागि युनाना–नेपाल कलाकार मैत्री मञ्चको म्यासेज बक्स वा बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका वा भ्mबष्स् िगलबबलबलभउब२िनmबष्।िअयm मा गीत पठाउनु पर्ने देखिन्छ ।