विष्णु माझीको नयाँ तस्वीर नआएकै आठ वर्ष, तर तीज गीत सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ६ भाद्र २०७३, सोमबार

bishnu majhi1एक दशक अघि सांगीतिक क्षेत्रमा प्रवेश गरेर लोक दोहोरीमा एक छत्र राज गरेकी गायिका हुन् विष्णु माझी । तत्कालीन हटकेक गायिकाको पत्तिंmमा उभिएका गायिकाहरु बिमा कुमारी दुरा, लक्ष्मी न्यौपाने र शर्मिला गुरुङको बिकल्पमा उभिन थालेकी सुमधुर स्वरकी धनि विष्णुले बिस्तारै उनै सिनीयर गायिकाहरुलाई फाट्टफुट्ट गीत गाउने गायिका बनाइन् । लोकदोहोरीको सांगीतिक इतिहासमा उनलाई स्वर किन्नरी नै मानियो ।

आफ्नो स्वरको बढ्दो डिमाण्डलाई एउटा गीत गाएको ४० हजार रुपैया समेत लिएकी विष्णु नेपाली संगीतको इतिहासमै सबैभन्दा महंगी गायिका हुन् । अहिलेसम्म नेपालमा यो रेकर्ड ब्रेक गर्न कसैले सकेको छैन । वितेका एक दशकमा सयौँगीत गाएर आफुलाई ससर्वाधिक सफल र महंगी गायिकाको परिचय बनाउन सफल भएकिी विष्णु माझी कहाँ के गर्दै छिन् भन्ने बारे कसैले मुख खोल्न सकेका छैनन् । अनौठो जीवन शैलीकि गायिका विष्णुको नयाँ तस्विबर समेत हेर्न पाइंदैन, आठ वर्ष पहिलेका ३,४ वटा बाहेक तस्बिर गुगल सर्च गर्दा नि भेटिंदैन ।bishnu majhi

गायन क्षेत्रबाट हराएर भूमिगत शैलीमा रहेकी गायिका विष्णु माझीको तीन साल यता तिजको गीत मात्र सून्न पाईएको छ । यस पटक पनि उनको ‘मै छोरी सलल’ भन्ने तिजको गीत युट्युव मार्फत सार्वजानिक भएको छ । पाँच हजार गीतमा स्वर भरिसकेकी र दशकभन्दा बढी समयदेखि लोकगायनमा जमेकी बिष्णुको स्वर सुनिन्छ तर दोहोरो कुराकानी गर्ने मौका कसैले पाएकै छैनन् । अनौठो जीवन शैलीकि गायिका विष्णुले सुन्दरमणि अधिकारी सँग बिबाह गरेकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु