शिव पौडेललाई संगीतकारको दश हजार सहयोग

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७३, सोमबार

काठमाण्डौ । मृगौला पीडित संगीत व्यवसायी शिव पौडेललाई संगीतकार संघको तर्फबाट दश हजार एक रुपैयाँ सहयोग मिलेको छ । पशुपति म्यूजिकका संचालक शिव पौडेलल लामो समयदेखि मृगौलाको रोगबाट ग्रसित भएर बसेका छन् । उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले यतिखेर विभिन्न संघसंस्थाहरुले सहयोग जुटाइरहेका छन् । संगीतकार संघले आफ्नो कल्याणकारी कोषबाट पौडेलका लागि दश हजार एक रुपैयाँ सहयोग सोमबार हस्तान्तरण गरेको छ । संघले आफ्नै कार्यालय पुतलीसडकमा गीतसंगीतका हस्तीहरुका बीचमा सहयोग हस्तान्तरण गरेको थियो ।

suresh-adhikari, raju pariyar, mahesh khadka

 

 

यसभन्दाअघि पनि संघले क्यान्सर पीडित संगीतकार निरज कुमारलाई सहयोग गरिसकेको छ । गत तिहारमा देउसी भैलो कार्यक्रमबाट संगीतकार संघले आफ्नो सम्पूर्ण खर्च कटाएर ८ लाख ४ हजार रुपैयाँ सिटजन्स बैंकमा जम्मा गरेको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । केही दिन पहिला मात्र गीतकार प्रकाश सुवेदीबाट ५ हजार रुपैयाँ संघको कोषमा जम्मा भएको थियो भने सोमबार कतारमा कार्यरत हातेमालो संस्थाका आजीवन सदस्य ईश्वर काफ्लेले १० हजार ३३ रुपैयाँ संघलाई हस्तान्तरण गरेका छन् । सहयोग आउने क्रम अझै जारी रहेको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन् । शेषले कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च गरिने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु