संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा सरुभक्त र बास्कोटा

म्यूजिक खबर
प्रकाशित: २४ भाद्र २०७१, मंगलवार

काठमाडौं, २४ भाद्र । बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका छन् । विगत ३० बर्षयता प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशकको रुपमा जागिरे रहेका बाँस्कोटा गत शुक्रबार प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका हुन् । त्यस्तै प्रतिष्ठानको कुलपतिमा भने साहित्यकार सरु भक्तलाई नियुक्त गरिएको छ ।
सरुभक्त र बास्कोटाले गत आइतबार संस्कृतिमन्त्री भीम आचार्यको उपस्थितिमा पद तथा गोपनियताको सपथ लिइसकेका छन् । चार वर्षका लागि नियुक्ति गरिएको कुलपति र उपकुलपतिले अब संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा रहेर कार्य गर्नेछन् ।
बास्कोटाले यसभन्दा अघि नेपाल टेलिभिजनको महाप्रबन्धक तथा चलचित्र विकास बोर्डको अध्यक्ष पद सम्हालिसकेका छन् । त्यस्तै प्रतिष्ठानको सदस्य सचिवमा साहित्यकार गणेश रसिक तथा प्राज्ञ सभा सदस्यका रुपमा गीतकार उन्नती बोहरा ‘शीला’, माधव प्रधान, पुष्कर गुरुङ, उदय श्रेष्ठलगायत नियुक्त भएका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु