संयोगले ७ वर्षमा गाएको गीतको भिडियोको चर्चा (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ६ पुष २०७३, बुधबार

पुष ६, काठमाण्डौ । भनिन्छ, बालबालिका भनेका काँचो माटो हुन् । जसरी काँचो माटोलाई जस्तो आकारको बनाउन चाह्यो उस्तै बनाउन सकिन्छ त्यसरी नै बालबालिकालाई जस्तो वातावरण दियो उनिहरुको भविष्य निर्धारण त्यहिंबाट शुरु हुन्छ । यस्तै लागु भएको छ चर्चित गायक शिशिर योगीका छोरा संयोग योगीमा पनि । सांगीतिक पारिवारीक पृष्ठभूमि तथा गायनमा इश्वरीय बरदान भएकैले हुनुपर्छ संयोगले ७ वर्षे उमेरमा नै गायकीय क्षमता देखाए । उनले बाल्यकालमा नै गायकको उपाधी मात्रै पाएनन्, विभिन्न चलचित्रहरुमा स्वर दिएर गायन परिक्षा समेत पास गर्न सफल भए । नाईं नभन्नु ल–३, लाटी लगायतका ठूलो पर्दाका चलचित्रहरुमा सुमधुर स्वर दिएका संयोग यतिबेला सांगीतिक भिडमा चर्चाका पात्र बनिरहेका छन् ।samyog-yogiउनै सुमधुर स्वरका धनी बालगायक संयोग योगीले स्वर दिएको पुरानो राष्ट्रिय गीत अहिले आएर सार्वजनिक भएको छ । डि.बी. महेशद्वारा रचना र संगीत अनि स्वरबद्ध गरिएको उक्त गीतलाई पबिधन राइद्वारा पुनः संगीत संयोजन गरिएको छ । उक्त गीतलाई संयोग ७ वर्षको छँदा उनका बुवा शिशिर योगीले रेकर्ड गराएका थिए । गीतलाई स्वर परिक्षणका लागि रेकर्ड गराईएको उक्त गीतको भिडियोलाई हालसालै छाँयाकार सुनम कोइरालाले छायाँङ्कन तथा सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु