
काठमाडौं । यहि वैशाख २० गते काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ‘मिस नेपाल कल्चर–२०१६’ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा सुन्दरता र प्रतिभासँगै सांस्कृतिक पक्ष पनि समेटिएको छ । प्रतियोगितामा सहभागी २८ प्रतियोगी अहिले राष्ट्रिय नाचघरमा रोजिन शाक्यको कोरियोग्राफीमा प्रशिक्षण लिइरहेका छन् । युहान इन्टरनेसलन इभेन्टस् प्रालिको आयोजना तथा सांस्कृतिक संस्थान (नाचघर)को सहआयोजनामा सम्पन्न हुने प्रतियोगिताका सहभागीलाई फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा, चलचित्र निर्देशक तथा एमसी दिनेश डीसी, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले विभिन्न विषयमा प्रशिक्षण दिएका छन् । आयोजक संस्थाका प्रबन्ध निर्देशक सानु खानले नेपालका विविध कला संस्कृतिबारे जानकारी गराउँदै प्रतियोगीको व्यक्तित्व विकाससँगै प्रतिभा प्रस्तुति प्रतियोगिताको उद्देश्य रहेको बताए ।