सञ्जिवको हिट गीतमा अलिशा र राहुलको ठुम्का ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १२ माघ २०७४, शुक्रबार
माघ १२, काठमाडौं ।  गायक सन्जिब पराजुलीको ‘HIT HIT गीत’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा होमनाथ न्यौपानेको शब्द रचना, दीपक भट्टराईको संगीत तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ।
हालै सार्वजनिक गायक संजीबको एकल एल्बम ‘त्यो सपना…’ मा समावेश यस गीतमा गायिका अनु शाक्य र गायक/र्यापर मि. प्रिन्स उर्फ बिबेक सिंह भंडारीले साथ दिएका छन् । गायक पराजुलीको ‘नाईं मलाई थाहा छैन’  ‘तिमी मलाई मन पर्छ’, पहिलो भेटैमा जस्ता गीतहरुले अत्यधिक चर्चा पहिले नै पाईसकेका छन् ।
‘HIT HIT गीत’ गीतको म्युजिक भिडियोमा राहुल शाह र अलिशा शर्माको दमदार प्रस्तुति देख्न सकिन्छ । राहुल शाह ‘भाइब एण्ड वेब डान्स स्टुडियो नेपाल’मा संलग्न छन् ।   भिडियोमा कन्सेप्ट, कोरियोग्राफि र निर्देशन राहुल शाह कै रहेको छ ।
भिडियोलाई बाबा एजुकेशन कन्सल्टेन्सि काठमाडौँ र सिड्नीले प्रायोजन गरेको छ ।
भिडियो हेर्नुहोस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु