• सयपत्री दोहोरी साँझले चुम्यो दोहोरीगीत रनिङ शिल्ड

    म्यूजिक खबर
    प्रकाशित: १७ फाल्गुन २०७३, मंगलवार

    फागुन १७, काठमाण्डौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा गत फागुन १२ देखि १६ सम्म राजधानीको भृकुटीमण्डपमा संचालन भएको तेश्रो अन्तर दोहोरी साँझस्तरीय दोहोरीगीत रनिङ शिल्ड प्रतियोगिता सयपत्री दोहोरी साँझ सुन्धाराको तर्फबाट गायक रविन लामिछाने र चिनु घर्तीले शिल्ड चुम्न सफल भएका छन् ।

    rabin_lamichhane1

    त्यस्तै गामबेसी रोधी नाचघरका (अर्जुन खडका, शान्ता ओली) द्वितिया भएका छन् । प्रतियोगितामा प्रथम हुनेले १ लाख ५ हजार पुस्कारको साथमा रनिङ शिल्ड चुमेका छन् भने द्वितिया हुनेले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार प्राप्त गरेका छन् । यस्तै सान्तवना पुरस्कार २५ हजार प्रदान गरिनेछ भने उत्कृष्ठ गायक र गायिकाले १५ र १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रथम हुने गायक रविन लामिछाने र गायिका चिनु घर्तीलाई गोर्खा चौतारी म्यूजिकका तर्फबाट संचालक सुनिल लामिछानेले एउटा गीतको अडियो भिडियो उत्पादन गरिदिने घोषणा गरेका छन् ।

    rabin_lamichhane2
    त्यस्तै प्रतियोगितामा तृतीय स्थान निरमाया रोधिघर (दिनेश खडका, कल्पना दाहाल) र न्यू दरबार दोहोरी साँझ, ठमेलको तर्फबाट (बिशाल रायमाझी, हरिमाया रायमाझी) ले सान्त्वना पुरस्कार जित्न सफल भएका छन् ।

    arjun khadka
    प्रतियोगितामा उत्कृट गायिका नीरू श्रीस, मीना बुढाथोकी (गोधूली दोहोरी साँझ) र अन्जु डी.सी.(सुन्धारा डाँफे दोहोरी साँझ, चितवन) भएका थिए । उत्कृष्ट नवोदित गायिका पबित्रा सरतुङ्गे मगर (नाइट फेवा रोधी क्लब), उत्कृट गायक विशाल रायमाझी, सागर बी.सी (न्यू दरबार रोधी घर), अनुशासित गायक राजू केसी, अनुशासित गायिका कुमारी गुरुङ र अनुशासीत दोहोरी साँझ (नाइट फेवा रोधी क्लब) भएका थिए ।

    rabin_lamichhane
    प्रतिष्ठानले आफ्नो भवन निर्माणको सहयोगार्थ यो रनिङ शिल्ड आयोजना गरेको थियो । यस प्रतियोगितालाई गोल्डेन ओएकले मुख्य प्रायोजन गरेको थियो भने विभिन्न संघसंस्था र व्यक्तिगत तबरबाट पनि भवन निर्माण सहयोगार्थ रकम जुटेको थियो ।  संस्थाका निर्वतमान अध्यक्ष चन्द्र शर्माको कार्यकालमा सुरु भएको यस प्रतियोगिता दुई पटकसम्म नेपाली दोहोरीले चुम्न सफल भएको थियो । वर्तमान अध्यक्ष बद्री पंगेनीले यस प्रतियोगितालाई भव्य, सभ्य बनाउँदै दोहोरीमा संस्कारको सुरुवात गर्नका लागि निरन्तरता दिने बताएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु