सर्वोत्कृष्ट नवप्रतिभाको अवार्ड चुमेकी गायिका बिजु छमछम नाचेपछि (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७३, बिहीबार

bizu-panditकाठमाण्डौँ। राजधानीमा भएको पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डमा सर्वोत्कृष्ट गायिका नवप्रतिभाका तर्फबाट अवार्ड आफ्नो पोल्टामा पार्न सफल बिजु पण्डित यतिबेला छमछम नाचेकी छिन् । एकबर्ष अगाडि आफ्नो पहिलो एल्बम ‘बिजु’ लिएर नेपालको सांगीतिक क्षेत्रमा प्रबेश गरेकी बिजुको ‘छम छम’ बोलको नँया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

biju-pandit

पुष्पल खड्काको साथमा गायिका बिजु नै छमछम नोचेको उक्त म्यूजिक भिडियोलाई श्रीधर पौडेलले निर्देशन गरेका छन् भने सुरेन बस्यानले कोरियोग्राफी गरेका छन् । अराज केशबको शब्दमा मोहित मुनालको संगीत रहेको गीतको भिडियो श्रीधर पौडेलेको निर्देशनमा तयार भएको हो । हरी हुमागार्इंले छायांकन गरेको भिडियोलाई सुरेन बस्यानले कोरियोग्राफी गरेका हुन् । आधुनिक गीत सुनेर मन पराउनेहरुका लागि तयार पारिएको यस भिडियो भाइब क्रिएशनले बजारमा ल्याएको छ ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु