सलमानको “दबगं द टूर नेपाल“ वैशाखमा हुने ! टिकट बिक्री जारी !
म्यूजिक खबर प्रकाशित: १९ फाल्गुन २०७४, शनिबार
फागुन १९, काठमाडौं । फागुन २६ मा हुने भनिएको बलिउड कलाकार सलमान खानको ‘दबंग द टूर नेपाल’ कार्यक्रम अन्ततः वैशाखको पहिलो साता हुने भएकाे छ ।
फागुन २६ मा हुने भनिएको कार्यक्रमलाई वैशाखको पहिलो साता सारिएको आयोजक ओडिसीले बताएको छ।
आयोजक ओडिसी इन्टरटेनमेन्टले आफ्नो अफिसियल फेसबुकमा स्टाटस लेख्दै कार्यक्रम वैशाखमा हुने जनाएको छ । यस्तो छ स्टाटस :- “आदरणीय शुभेच्छुक तथा दर्शकवृद,
यसै फागुनको २६ गते टुँडिखेलमा आयोजना गर्न लागिएको “दबगं द टूर नेपाल“, ’विशेष कारण’ ले आगामी वैशाख पहिलो साताकालागि सारिएको व्यहोरा जानकारी गराउदछौं ।
यो परिस्थती आउनुको कारणबारे सबैलाई जानकारी भइसकेको छ । करिब १५ करोड लागतको यो कार्यक्रममा करिब १० करोड हाराहारी लगानी भइसकेको छ । वैशाखमा हुने कार्यक्रमको दिन तय भएपछि हामी संचारमाध्यम, सोसलमिडियामार्फत पनि जानकारी गराउने नै छौँ । टिकट लिइसक्नु भएका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सक्नु हुने छ । टिकट बिक्री जारी नै रहेको छ । यो विशेष परिस्थितिबारे बुझिदिनु भएकोमा ओडीसी परिवार आभारी छ ।”