सहयात्रामा गणेश र यशोदा

म्यूजिक खबर
प्रकाशित: ९ माघ २०७३, आईतवार

माघ ९, काठमाण्डौ । गायनको यात्रामा मात्र नभएर जिन्दगीको यात्रामा नै सहयात्रा गरिरहेका गायक गणेश पराजुली र यशोदा पराजुली यतिबेला सहयात्रा भाग–२ को तयारीमा जुटिरहेका छन् । गाउँको माया, सहयात्रा जस्ता सुगम संगीतका एल्बमहरु बजारमा ल्याएका यो जोडीले आफ्नो सहयात्रासँगै गायनको सहयात्रमा भाग–२ लाई बजारमा ल्याउन लागेका हुन् ।

yasodha_ganesh parajuli
यतिबेला केही गीत रेकर्ड गरिसकेका र केही गर्ने क्रममा नै दौडिरहेका छन् यो जोडी । ६ वटा गीतहरु समावेश गर्ने उद्देश्यका साथ रेकर्डिङको कार्यमा दौडिरहेका उनीहरु सहयात्रा भाग–२ मा तीन गीतमा भने गणेशको संगीत रहने बताइएको छ । सबै गीतहरुमा यशोदा र गणेशकै स्वर रहने भएको छ भने केही नयाँ गीतकारहरुलाई पनि लिन लागिएको छ । सुन माया जाँदैछु म टाढा बोलको गीतलाई भने रिमेक गर्न लागिएको गायक पराजुलीले म्यूजिक खबरलाई बताए ।

yasodha Parajuli_ganesh
दिन ढल्यो अँधेरी रातमा जस्ता दर्जनौं चर्चित गीतहरु दिइसकेका यो जोडीको नयाँ एल्बममा भने मेलोडियस गीतहरुलाई नै समावेश गरिने बताएका छन् । सहयात्रा भाग–२ को तयारी सकेर मात्र हङकङ फर्किने सोचमा रहेका छन् गायक पराजुली । केही समययतादेखि हङकङमा नै व्यवसाय गर्दै आएका यो सांगीतिक जोडीको सहयात्रा पक्कै पनि सफल हुनेछ भन्ने विश्वास लिइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु