सांगीतिक कार्यक्रमबाट सहयोग

म्यूजिक खबर
प्रकाशित: ३ कार्तिक २०७०, आईतवार

अमेरिकाको कोलोराडोमा आएको बाढीबाट पीडित नेपालीहरुका लागि नेपाली समुदायले नै एक सांगीतिक कार्यक्रमको आयोजना गरी सहयोग गरेका छन् । बाढी पीडितका लागि सांगीतिक कार्यक्रम गरेर एक हजार ९ सय ४० अमेरिकी डलर संकलन गरिएको छ । केही दिनअघि कोलोराडोको बोल्डर सहरस्थित म्याकी अडिटोरियम हलमा गरिएको मन्त्रफेस्ट कन्सर्टबाट सो रकम संकलन गरिएको हो । कन्सर्टमा देवा प्रेमल, मिटेन, मनोज सिंह र गुरु गणेश ब्यान्ड आदि कलाकारहरुले संगीतमार्फत दर्शकहरुलाई सहयोगको लागि आग्रह गरेको सहयोगको पहलमा जुटेका रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको पूर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताए ।
कन्सर्टम अमेरिकी नागरिक परमिता पुसम्यानले कार्यक्रमका ६० वटा टिकट खरिद गरेर रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका पूर्व अध्यÔ श्रेष्ठमार्फत निशुल्क वितरण गरेका थिए । अध्यात्मिक संगीतको क्षेत्रमा प्रसिद्ध देवा प्रेमल, मिटेन, मनोज सिंह, गुरु गणेश सिंह, सतकरतार सिंह, गुरु संगत सिंह, गुरु गणेश ब्यान्ड, पलोमा देवी र हंस क्रिश्चियनको प्रस्तुति हेर्न करिव २ हजार दर्शक जम्मा भएका थिए । कार्यक्रममा नेपाली बाँसुरीवादक मनोज सिंहको पनि प्रस्तुतीबाट नेपाली दर्शकहरु उत्साहित थिए । कार्यक्रममा सबै दर्शकलाई मन्त्रमुग्ध पार्ने प्रस्तुती गरेका कलाकारहरुले नेपाली समूदायप्रति आत्मीयता देखाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु