सुटुक्कै बाँधिए असद–विना

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७०, बिहीबार

मुम्बई, (एजेन्सी) । पछिल्लो केही समययता बलिउडमा संघर्ष गरिहेकी पाकिस्तानी अभिनेत्री विना मलिकले बुधवार दुबईमा उद्योगपति असदबशीर खान खत्तकसँग सुटुक्कै विवाह गरिन् । बलिउडमा पाइला राख्दा तडकभडकका साथ देखा परेकी विनीले आफ्नो विवाहको रिसेप्शन पार्टीसमेत निकै गोप्य रुपमै दिइन् ।
एजेन्सीले जनाएअनुसार असद बशीर दुबई र अमेरिकामा कारोबार गर्छन् । असद बशीर विनाका बाबुको साथीका छोरा हुन् । विनाले असदसँग आफ्नो खुसीले बिहे गरेको बताएकी छन् । विनाले असदका परिवार पनि आफ्नो विवाहमा खुसी रहेको बताएकी छन् ।
पाकिस्तानी समाचार च्यानल ‘जीयो न्यूज’लाई विनाले भनेकी छन्, ‘आज मेरो खुसीको सिमा छैन । मलाई लाग्छ, यस समयमा म नै यस दुनियाँको सबैभन्दा खुसी युवती हुँ ।’ टिभी रियालिटी शो ‘बिग बास’ को चौथो संस्करणमा सहभागी भएपछि विनाले बलिउडमा पाइला राखेकी हुन् । अहिले ‘बिग बोस’ को सातौ संस्करण अन्तिम फाइनलमा आइपुगेको छ । यसैबेला दबई पुगेर सुटुक्ककै विवाहबन्धनमा बाँधिएकी विनाले आगामी दिनमा फिल्म करिअरलाई अगाडि बढाउँछन् कि के गर्छिन् भन्ने केही बताएकी छैनन् ।

veena_malik07

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु