सुनिल गिरीको ‘कस्तो यो मन’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: ५ मंसिर २०७४, मंगलवार

मङ्सिर ५, काठमाडौं । गायक सुनिल गिरीको प्रतिक्षित गीत ‘कस्तो यो मन’ बोलको गीत यूट्युवमार्फत सार्वजनिक गरिएको छ ।

को होला त्यो, देउराली जस्ता गीतबाट निकै चर्चा बटुल्न सफल तथा प्रतिभाशाली गायक गिरीको गीतहरुमा प्राय माया प्रेमका कथा ब्यथाहरु जोडीएको पाइन्छ ।

यस ‘कस्तो यो मन’ गीतका शब्द, लय तथा संगीत गायक स्वयं र गीतको एरेन्ज रिकेश गुरुङले गरेका हुन् भने भिडियो अनिल के। मानन्धरको निर्देशनमा निर्माण भएको हो । जोमसोम र आसपास क्षेत्रमा छायांकन गरिएको भिडियो गीतमा सुनिल गिरि आफै र श्रेया शर्माको आभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु