सुरप्रभा गीत सङ्गीत अवार्डको घोषणा

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७१, शुक्रबार

काठमाडौं । सुरप्रभा गीतसंगीत प्रालिले आधुनिक गीतसंगीतका स्रष्टाहरुलाई मात्रै समेटेर ‘सुरप्रभा गीत सङ्गीत अवार्र्र्ड–२०७१’ गर्र्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सुरप्रभा गीतसंगीत प्रालिका अध्यक्ष भावेश भुमरीले अवार्ड आयोजनाको घोषणा गरेका हुन् । भुमरीले आफ्नो गीतसंगीतको अनुभवलाई अवार्डका माध्यमले गीतसंगीतमा लागेका स्रष्टाहरुलाई सम्मान गर्न लागेको बताए । विभिन्न १८ विधामा वितरण गरिन लागिएको सुरप्रभा अवार्डको घोषणा कार्यक्रममा संगीतकार एवं संस्कृतिविद् बुलु मुकारुङ, संगीतकार अविद, पत्रकार प्रदीप निरौला, गीतकार तुलसी बस्नेतलगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा संगीतकार बुलु मुकारुङले शुभकामना दिँदै अवार्डहरुको श्रृंखलामा सुरप्रभा थपिएकोमा खुशी व्यक्त गरे । सुरप्रभा अवार्डले पनि निष्पक्ष रुपमा स्रष्टाहरुको मूल्यांकन गर्दै अवार्ड सम्पन्न गर्नेछ भन्दै मुकारुङले अवार्डको सफलताको कामना गरे ।
नेपाली गीत सङ्गीतको विकासलाई गतिशील बनाउँदै र यसको व्यवस्थापनमा सरलीकरण गर्दै मौलिक र स्तरीय गीतसङ्गीतलाई श्रोतासामु पु¥याउने हेतुले वि.सं. २०६८ साल चैत महिनामा स्थापना भई गीत सङ्गीत, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील रहँदै आइरहेको सुरप्रभा गीत सङ्गीत प्रा. लि. काठमाडौँ यस अवधिमा गीत सङ्गीतको बजार व्यवस्थापन गर्ने एउटा राम्रो कम्पनीको स्थानमा आफ्नो परिचयका साथ उभिएको भुमरीले बताए ।

यस संस्थाले हरेक वर्ष सुरप्रभा गीत सङ्गीत अवार्ड आयोजना गरी विशुद्ध रूपले गीत, सङ्गीत र कलाका क्षेत्रमा लागेका विशिष्ट प्रतिभाहरूलाई अभिनन्दन, उत्कृष्ट काम गर्दै आएका स्रष्टाहरूलाई सम्मान एवम् नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्य लिएको भुमरीले पत्रकार सम्मेलनमा जानकारी गराए । यही लक्ष्यअनुरूप वि. सं. २०७० माघ १ देखि २०७१ पुस मसान्तसम्म बजारमा आएका आधुनिक विधाका विभिन्न गीत÷गजलहरूलाई प्रतिष्पर्धामा राखेर २०७२ साल जेठ २३ गते शनिबारका दिन यसका विभिन्न १८ विधामा प्रथम सुरप्रभा गीत सङ्गीत अवार्ड– २०७१ आयोजना गरी अवार्ड वितरण गर्ने छ । यसका साथै सो दिन नेपाली गीत सङ्गीतमा जीवनको अमूल्य समय खर्चेका एक मूर्धन्य स्रष्टालाई विशेष रूपले अभिनन्दन पनि गरिने आयोजक संस्थाले बताएको छ । सुगम संगीतका १८ विधामा मात्रै केन्द्रित रहेको यस अवार्डमा १७ विधामा जुरीहरुको निर्णय रहने र एक अवार्र्ड सुरप्रभा गीतसंगीत वर्ष भनेर दिइने भुमरीले बताए ।
gnaward award

प्रथम सुरप्रभा गीत सङ्गीत अवार्ड– २०७१ मा देहायका विधा रहने छन् —
१. उत्कृष्ट राष्ट्रिय भावको गीतकार
२. उत्कृष्ट गीतकार
३. उत्कृष्ट गीतकार डायस्फोरा
४. उत्कृष्ट गजलकार
५. उत्कृष्ट सङ्गीतकार
६. उत्कृष्ट गायक
७. उत्कृष्ट गायिका
८. उत्कृष्ट युगल गायन
९. उत्कृष्ट नवगायिका
१०. उत्कृष्ट नवगायक
११. उत्कृष्ट एल्बम
१२. उत्कृष्ट म्युजिक भिडियो मोडल महिला
१३. उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष
१४. उत्कृष्ट म्युजिक भिडियो निर्देशक
१५. उत्कृष्ट सङ्गीत संयोजक
१६. उत्कृष्ट ध्वनि मुद्रण
१७. उत्कृष्ट एस्. एम्. एस्. छनोट
१८. उत्कृष्ट सुरप्रभा गीत सङ््गीत वर्ष

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु