
१८ चैत, काठमाडौं । नेपाली शास्त्रीय संगीतलाई अन्तर्राष्टि«य स्तरमा पु¥याउन महत्वपूर्ण योगदान दिएका सीतारवादक विजय वैद्यको आज विहान ५ः३० मा निधन भएको छ । सुर सुधाका एक स्तम्भ वैद्य लामो समयदेखि छाति र कलेजोको रोगले ग्रष्त थिए ।
शास्त्रीय वाद्ययन्त्र सितारको आवाजलाई विद्युतीय तरंगबाट निकालेर ‘रक सितार’ अभियान चलाउने कलाकार विजय वैद्य आफूलाई ‘सितार योगी’ भनेर चिनाउँथे।
करिब २५ वर्षअघि सुरसुधाको स्थापना बाँसुरीमा प्रेम राणा ‘औतारी’, तबलामा सुरेन्द्र श्रेष्ठ र सितारमा विजय वैद्यको उपस्थितिका साथ भएको थियो। त्यस समूहले शास्त्रीय धुनलाई नेपालको प्रतिनिधित्व गर्दै पहिलोपटक प्रभावकारी रुपमा देश र विदेशका महत्वपूर्ण मञ्चसम्म पुर्याउन सफल भएको थियो।
झण्डै १० वर्षअघि विजय सुरसुधाबाट अलग भएपछि उनले व्यक्तिगत अभ्यासबाटै ‘रक सितार’ अभियान थालनी गरे। सितारको यो नौलो आवाजलाई उनले विदेशमा पनि लैजान सफल भएका थिए।
बालाजुका रैथाने वैद्य परिवारका यी सदस्यले ललितकला क्याम्पसमै सितारको अध्ययन गरेका हुन् ।
सुरसुधाले सुरु गरेको त्यो अभियान यतिबेला सुकर्म, कुटुम्ब जस्ता थुप्रै नामहरुले निरन्तरता दिइरहेको छ।
प्रज्ञा प्रतिष्ठानमा उनको पार्थिव शरीर राख्न नदिइएकोले आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । ५२ वर्षका विजय वैद्यका श्रीमती मेलिना र एउटा छोरा क्षितिज छन्।
म्यूजिक खबर परिवार सितारवादक वैद्यप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।