सैफसँग कल्की

म्यूजिक खबर
प्रकाशित: १४ कार्तिक २०७०, बिहीबार

अक्सर अफ–बिट फिल्ममा देखापर्ने अभिनेत्री कल्की कोचिन पर्दामा सैफ अलि खानकी जोडी बन्ने भएकी छिन् । राज निधिमोरु र कृष्ण डिकेको संयुक्त निर्देशनमा बन्न लागेको फिल्ममा यो जोडीले काम गर्न लागेको हो । अभिनेत्री प्रीति जिन्टालाई फिल्ममा अतिथि कलाकारका रूपमा प्रस्तुत गरिनेछ ।
‘जिन्दगी ना मिलेगी दोबारा’, ‘ये जवानी है दिवानी’ जस्ता फिल्मबाट चर्चा बटुले पनि कल्कीले आफ्नो वास्तविक अभिनयक्षमता निर्देशक अनुराग कश्यपका फिल्ममा देखाउने गरेकी छिन् । कश्यप निर्देशित ‘देव–डी’ लगायत कश्यप निर्देशित फिल्ममा उनले परिपक्व अभिनय गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु