स्टार बन्ने इच्छा छैन

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७०, शुक्रबार

मुम्बई, (एजेन्सी) । बलिउड अभिनेत्री अर्थात देशी गर्ल प्रियंकाले चोपडाले फिल्म उद्योगमा स्टार बन्ने आफ्नो अभिलाषा नभएको बताएकी छन् । प्रियंकाले भनिन्, ‘मेरो स्टार वा अभिनेत्री बन्ने इच्छा छैन । म यहाँ आफ्नो स्थान बनाउन चाहन्छु ।’
यी अभिनेत्रीले स्टार बन्नुभन्दा आफ्नो स्थान बनाउन सक्नु ठूलो कुरा रहेको समेत बताइन् । ‘म यहाँ आफ्नै स्थान बनाउन चाहन्छु’ प्रियंकाले भनिन्, ‘मेरो आफ्नै अढान छ । म वास्तवमा फरक किसिमका फिल्ममा फरक–फरक भूमिका गर्न रुचाउँछु ।’ यी देशी गर्लले भनिन्, ‘जब मैले फेशन फिल्म आएको थियो तब सबैले भन्थे, महिलाप्रधान फिल्म कसले हेर्छ ? जब अभिनेत्रीको करिअर अन्त्य हुँदैथियो भने मैले रिक्स मोलेर त्यस्तो फिल्ममा पनि काम गरेँ ।’

फिल्म ‘एतराज’ मा नेगेटिभ भूमिका गरेको स्रमण गर्दै प्रियंकाले भनिन्, ‘दर्शकले मलाई नेगेटिभ भूमिकामा पनि स्विकारे । त्यस्तै ‘बर्फी’ मा केही अभिनेत्रीले काम गर्न नमानेपछि मैले गरेँ । अन्ततः ‘बर्फी’ पनि दर्शकले मन पराइदिए ।’
प्रियंकाले बलिउड फिल्म इन्डस्ट्रीमा स्टारडम हासिल गर्न नचाहेको पनि बताइन् । उनले भनिन्, ‘स्टारडमको दस प्रतिशत मात्र हुनु पनि मेरो लागि ठूलो कुरा हो । काम गर्दै जाँदा स्टारडमको पहुँच बनाए भने त्यो भिन्दै कुरा हो ।’ उनले आफू शीर्फ एक कलाकार भएको बताउँदै भनिन्, ‘म सिर्जनालाई मान्छ, यसका लागि फिल्ममा आफ्नो इनपुट दिन चाहन्छु । मलाई फिल्ममा अभिनय गरेर सन्तुष्टि हुँदैन ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु