हिंसात्मक प्रेमकथा रामलीला

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७०, बिहीबार

मुम्बई, (एजेन्सी) । बलिउडका चर्चित निर्माता तथा निर्देशक सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘रामलीला’ को ट्रेलरले अहिले चर्चा पाइरहेको छ । भन्सालीले ‘रामलीला’ लाई हिंसात्मक प्रेमकथामा आधारित फिल्म भनेका छन् । केही दिनअघि मात्र यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । अहिलेसम्म भन्सालीले आफ्नो फिल्ममा हिंसात्मक प्रेमकथा प्रस्तुत गरेका छैनन् । ‘रामलीला’ पनि उनले भनेजस्तो छैन । फिल्म टाइटल ‘रामलीला’ छैन, बरु फिल्ममा रासलीला प्रस्तुत गरेका फिल्म समीक्षकले जनाएका छन् । तर, जेसुकै होस्, फिल्मको ट्रेलरले भने चारैतिरबाट प्रशंसा पाइरहेको छ ।
बलिउडका चर्चित फिल्म समीक्षक तरुण आदर्शले ‘रामलीला’ को ट्रेलरलाई ‘माइन्ड ब्लोइङ’ भनेका छन् । उनका अनुसार ‘रामलीला’ को ट्रेलर यस वर्षका उत्कृष्ट ट्रेलरमध्ये एक हो । भन्साली भन्छन्, ‘ब्राइट कलरफुल फिल्म हो रामलीला । म यस फिल्ममा ‘हम दिल दे चुके सनम’ र ‘देववास वाली’ स्टाइलमा फर्केको छु ।’ प्रसिद्ध नाटककार सेक्सपियरको नाटक ‘रोमियो–जुलियट’ मा आधारित फिल्म ‘रामलीला’ १५ नोभेम्बरमा रिलिज हुँदैछ । यस फिल्ममा रणवीर सिंह, दीपिका पादुकोण र ऋचा चड्डाको मुख्य भूमिका छ । फिल्ममा प्रियंकाले एक गीतमा आइटमसमेत गरेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु