१८ महिनापछि शिल्पा

म्यूजिक खबर
प्रकाशित: ९ कार्तिक २०७०, शनिबार

मुम्बई, (एजेन्सी) । बलिउडकी सदावहार सुन्दर अभिनेत्री शिल्पा शेट्टीको जीवनले चाँडै नयाँ मोड लिने भएको छ । समाचारमा जनाइएअनुसार उनले चाँडै फिल्म निर्माण गर्दैछिन् जसमा अभिनेता सनी देओल र हर्मन बवेजा पनि रहने छन् । साथै, यसै फिल्मबाट शिल्पा पनि क्यामेरामा कम्ब्याक हुनेछिन् ।
उनका पति राज कुन्द्राको पुस्तक ‘हाउ नट टु मेक मनी’ को सार्वजनिक कार्यक्रममा यी अभिनेत्रीले फिल्मी दुनियाँमा कम्ब्याकबारे गरिएको प्रश्नमा भनिन्, ‘अर्को वर्ष वा त्यसको केही महिनामा हुनसक्छ, जबसम्म मेरो बच्चाले मेरो काम बुझ्दैनन् तबसम्म म आफ्नो कामबारे सोच्न पनि सक्दिनँ ।’
शिल्पाका अनुसार अझै पनि उनी काममा फर्किन १८ महिना लाग्न सक्छ । १८ महिनापछि शिल्पा उही पुरानो अभिनय कर्ममा फर्किने छिन् । कुनैबेला बलिउडमा राम्रै स्थान जमाएकी यी अभिनेत्री राज कुन्द्रासँग बैवाहिक जीवनमा बाँधिएपछि फिल्मी दुनियाँमा उनको उपस्थिति पातलिएको हो । अझ एक सन्तानको आमा बनेपछि त उनी गृहिणीकै रुपमा थन्किएकी छन् । यसैबेला शिल्पाले आफ्नै होम प्रोडक्शनबाट अभिनयमा कम्ब्याक हुने बताएकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु