​‘टाइगर जिन्दा हे’ले पहिलो दिन मैं तोड्यो रेकर्ड

म्यूजिक खबर
प्रकाशित: ८ पुष २०७४, शनिबार

८ पुष, काठमाडौं । फिल्मको पहिलो दिनको कमाई सुनेर तपाईँ अचम्म पर्न सक्नुहुन्छ । यो यसकारण कि सन् २०१७ मा सलमान खानको यस फिल्मले कमाए जति कुनै पनि फिल्मले पहिलो दिन कमाएको छैन । मिडिया रिपोर्ट्सका अनुसार चलचित्रले पहिलो दिन नै झण्डै ३८ करोड भारतीय रुपैयाँ कमाएको छ ।

सन् २०१७ मा इदको अवसर पारेर रिलिज भएको ‘ट्यूबलाइट’ले बक्स अफिसमा खासै उज्यालो ल्याएन । साथै चलचित्रले दर्शकलाई पनि निराश बनाएको बताइन्छ । तर यस वर्ष सलमान खानले बक्स अफिस र दर्शक दुवैलाई नयाँ वर्षमा खुशी बनाउने अपेक्षा गरिएको छ । चलचित्रको समीक्षा पनि सकारात्मक नै आइरहेकाले चलचित्रको प्रदर्शन राम्रै हुने आंकलन गर्न सकिन्छ ।  दर्शकहरु चलचित्रको एक्सन, रोमान्स।, कथा। कलइमेक्स एकदमै मन पराएको बताउँछन् ।

यो चलचित्र पाँच वर्षअघि रिलिज भएको चलचित्र ‘एक था टाइगर’ को सिक्वेल हो । जसले बक्स अफिसमा ३०० करोडभन्दा बढी व्यापार गर्दै आमिर आनको चलचित्र ‘गजनी’ को रेकर्ड तोडेको थियो । ‘एक था टाइग।’ ७५ करोडको बजेटमा निर्माण भएको थियो । चलचित्रले झण्डै ३२० करोड कमाएको थियो ।

सलमान खानको पारिश्रमिकलाई छोडेर ‘टाइगर जिन्दा हे’ को बजेट १५० करोड भएको बताइन्छ । अली अब्बास जफरको निर्देशन रहेको यस चलचित्रमा कटरिना कैप सलमानको को–स्टारको रुपमा अभिनय गरेकी छिन् । चलचित्रमा उनले एक पाकिस्तानी आइएस एजेन्टको भूमिका निर्वाह गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु