इमेज अवार्डमा उत्कृष्ट बन्यो सीता केसीको ‘चिन्ता छैन केही’

म्यूजिक खबर
प्रकाशित: २९ भाद्र २०७१, आईतवार
Sita kc

काठमाडौं, २९ भाद्र । यस वर्ष उत्कृष्टताको शिखरमा रहेको सीता केसीको चिन्ता छैन बोलको गीत १६ औं इमेज अवार्डमा पनि उत्कृष्ट दोहोरी गीत बन्न सफल भयो । यस गीतमा गायिका सीता केसी र गायक पशुपति शर्माले स्वर दिएका छन् भने पशुपति शर्माको शब्द तथा लय रहेको छ । यस अवार्डमा गायिका सीता केसी विदेश भ्रमणमा रहेकाले उपस्थित हुन सकिनन् भने अवार्ड सोही गीतका गायक पशुपति शर्माले गएर ग्रहण गरेका थिए ।

त्यस्तै रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट एकलाख नगदसहित सम्मान गरिएको छ । नेपाली संगीत, नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका गायक हरिप्रसाद रिमाललाई इमेज ग्रुप अफ कम्पनीले योगदानको कदर गर्दै लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।

राजधानीमा शनिबार भएको १६ इमेज अवार्डमा फुल फुलेरबाट रामजी खाँड र सम्झना लामिछानेमगरले उत्कृष्ट दोहोरी गायनको अवार्ड चुमे । त्यस्तै खुशी मागें बोलको गीतबाट गायिका अन्जु पन्तले अवार्ड चुमिन् भने राजेश पायल राई, रजिना रिमाल र हरि लम्सालले चलचित्र विधाबाट अवार्ड चुमे । त्यस्तै सुगम पोखरेल उत्कृष्ट पपगायक बन्न सफल भ एभने सुमी चाम्लिङ राईले उत्कृष्ट पप गायिकामा अवार्ड चुमिन् । त्यस्तै क्षेत्रप्रताप अधिकारी, चन्दन श्रेष्ठ र आशीष श्रेष्ठले राष्ट्रिय भावनाले अभिप्रेरित गीतमा अवार्ड थापे ।

कोशिस क्षेत्री, सुरज थापा, प्राश्ना शाक्य, जुना प्रसाईं, सिने गुरुङ आदि गायकगायिकाको प्रस्तुति रहेको कार्यक्रममा महाराज थापा उत्कृष्ट संगीत संयोजक, किशोर थापा रेकर्डिस्ट, टीका पुन लोकगीत, कृष्ण रेउले लोकगीत संकलनको अवार्ड थापे । २०७० सालभर प्रकाशित गीतमध्येको प्रतिस्पर्धामा ‘सुभवु उत्कृष्ट एल्बम बन्न सफल भयो भने यही एल्बमको साँझ प¥यो बोलको गीत उत्कृष्ट गीत ठहरियो । यही एल्बमका संगीतकार सुनिल मास्के उत्कृष्ट संगीतकार ठहरिए । उत्कृष्ट गीतकारको अवार्ड भने राजुबाबु श्रेष्ठले हात पारे । म्युजिक भिडियो विधातर्फ उत्कृष्ट सम्पादकको अवार्ड हिमाल जोशीले प्राप्त गरे भने छायांकारको अवार्ड धीरजजंग शाहको पोल्टामा प¥यो । बबिन प्रधानको भिडियो उत्कृष्ट ठहरियो भने प्रणव जोशी उत्कृष्ट निर्देशक ठानिए । सबैभन्दा बढी एसएमएस पाएका गायक राज सागरले पब्लिक च्वाइस अवार्ड हात पारे । शिखा भारतीलाई नव कलाकारको अवार्ड दिईयो भने अमन प्रधान र अक्षता अधिकारीले उत्कृष्ट समूह गायनको अवार्ड थापे ।

१६ औं इमेज अवार्डमा गत बर्ष झैं यस बर्ष पनि २३ विधामा स्रष्टाहरुलाई सम्मान गरिएको छ । २०७० असार १ गतेदेखि २०६८ जेठ मसान्तसम्म सार्वजनिक भएका सृजना मध्येबाट २३ विधाका उत्कृष्ट पाँचमा पर्न सफल सृजना र सर्जकलाई पनि सम्मानित गरियो ।

hariprasad rimal

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु