• दुर्गादेवी र सुमृति बने ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ को विजेता

    म्यूजिक खबर
    प्रकाशित: ८ जेष्ठ २०८१, मंगलवार

    काठमाडौँ । दुर्गादेवी पौडेल अधिकारी र सुमृति शाक्य तेस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’को विजेता बनेका छन् । क्याफे थिमतर्फ दुर्गादेवी र थेसिस थिमतर्फ सुमृती विजेता बनेका हुन् ।

    महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरि सुभारम्भ गरिएको एक्स्पोमा थेसिस तर्फ भने यलिना ताम्राकार दोस्रो, न्यान्सी सिन्टाकला तेस्रो हुँदा पब्लिक च्वाइस अवार्ड सक्रिता राजथलाले प्राप्त गर्दा क्याफे थिमतर्फ निकाश योञ्जन दोस्रो, निवास श्रेष्ठ तेस्रो चुनिँदा सानुमाया बानियाले ‘पब्लिक च्वाइस अवार्ड’ हात पारिन् ।

    शोभा ज्ञवाली (अध्यक्ष नेपाल महिला उद्यमी संघ), श्रीच्छा प्रधान (मिस नेपाल वल्र्ड), प्रसिद्ध शाह (मिस नेपाल इन्टरनेशनलले विजेतालाई अवार्ड, नगद तथा प्रमाण पत्र प्रदान गरे ।

    आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा कमलपोखरीस्थित सिटी सेन्टरमा दुई दिन आयोजित एक्स्पोको काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले उद्घाटन गरेकी थिइन् ।

    प्रदर्शनिमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ६३ विद्यार्थीका इन्टरियर सम्बन्धि विभिन्न सिर्जना प्रदर्शनमा राखिएका छन् । जसमा ३५ ग्राजुयट र २८ रनिङ विद्यार्थी हुन् ।

    एक्स्पोको थेसिस जुरीमा रञ्जन प्रजापति (आर्किटेक), तेजिता वैद्य अमात्य (इन्टिरियल डिजाइनर) र क्याफे थिममा अदीति पौडेल (आर्किटेक) र पिनु श्रेष्ठ (इन्टेरियल डिजाइनर) रहेका थिए । एक्स्पोमा दुई प्रकारको प्रदर्शनी राखिएको थियो । एक अध्ययन गरेर ६ महिना मात्र भएका विद्यार्थीको विभिन्न फरक फरक क्याफे डिजाइन थिए भने अर्को ग्राजुयट भएका विद्यार्थीको थेसिस भनेर राखिएको छ । एक्स्पोको विशेष प्रायोजक बर्जर पेन्टस् र डोर्सेट रा मिराज, फत्ताजु फर्निचर, फर्निचर हब, सिकर्मी हार्डवेयर रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु