बेल्जियममा कृष्णा र राजनलाई सम्मान !

म्यूजिक खबर
प्रकाशित: १८ असार २०७५, सोमबार

असार १८, काठमाडौं । म्याग्देली प्रवासी सघ ( मोना ) बेल्जियमले बेल्जियमको आन्तोर्पेनमा आयोजना गरेको सास्कृतिक कार्यक्रममा लोकप्रिय गायिका कृष्णा परियार अनि गायक राजन भुजेलले बेल्जियमवासीलाई नचाए ।

गायिका कृष्णाले उनका चर्चित गीत रुमाल धोको छु , पन्चेबाजा मयाली , के नै छ र मरेर लैजानी , खस्यो बलेनी ,लगायत गीतबाट मनोरन्जन दिएकी थिईन भने गायक राजनले च्वाक केटी चाइयो ,पन्चेबाजा , सालैजोले मनोरन्जन दिलाएका थिए ।

जुलाई ८ मा मोना नेदरल्याण्डको कार्यक्रममा सबैलाई निम्तो दिदै कृष्णा र राजनले युरोप साङ्गीतिक यात्रा १ महिनाको भएको बताए । बेल्जियमका लागी नेपाली राजदुत महामहिम लोक बहादुर थापा प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा बिशेष अतिथी मोना नेदरल्याण्डका अध्यक्ष जङ्ग पुन तथा सस्थाका अध्यक्ष योगेन्द्र बिश्वकर्मा र सुमन थापा प्रदिप लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए,सोही अवसरमा कृष्णा र राजन लाई सम्मान पनि गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु