‘मिस वर्ल्ड डाइभर्सिटी’ मार्फत नेपाललाई विश्व सामु चिनाउन सफल ताज बिजेता युनिता खत्री !
म्यूजिक खबर प्रकाशित: १० श्रावण २०७५, बिहीबार
काठमाडौं । सामान्य प्रश्नको चोटिलो र अर्थपूर्ण जवाफले नै अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड डाइभर्सिटी’ को उपाधी जित्न सफल भएकी छिन् नेपाली चेली युनिता खत्री । संस्कृति, प्रतिभा र र्याम्प वाक समेत गरि विभिन्न प्रतियोगीले प्रतियोगीतामा आफ्ना प्रतिभा प्रदर्शन गरेपछि विजयी भएकी युनिता स्वदेश फर्किएकी छिन् । उनको जित केवल उनको मात्र नभई देशको जित सिद्ध भएको छ किनभने सायद युनिता नै पहिलो सुन्दरी हुनुपर्छ अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको उपाधि जित्नेमा । यहि खुशीयालीमा राजधानीमा मंगलबार उनलाई बधाई तथा शुभकामना दिनका लागि भेटघाट तथा छलफल कार्यक्रम गरिएको छ ।
यसै साता दुबईमा भएको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड डाइभर्सिटी’मा ५० देशका प्रतिस्पर्धीलाई पछि पार्दै युनिताले ‘मिस वर्ल्ड डाइभर्सिटी–२०१८’को उपाधि जितेकी हुन् । अन्तिम चरणमा युनितालाई सोधिएको थियो कि– ‘नेपालको डाइभर्सिटीको अवस्था कस्तो होला ? उनले भनिन् ‘डाइभर्सिटीमा कल्चर, हेरिटेज र एडभेन्चर मात्र नभै नेपालमा मात्र हैन विश्वभरी नै लभ, रेक्सपेक्ट र केयर हुन जरुरी छ । उनी यहि जवाफले नेपालको तर्फबाट अन्तराष्ट्रिय स्तरको सुन्दरी प्रतियोगीताको उपाधि जित्ने पहिलो महिला बन्न पुगिन् ।
प्रतियोगिताका बेलामा धेरै प्रतियोगीले नेपाल भन्ने देश पनि छ र ? भनेका थिए भने कतिपयले चाहिं नेपाल देशको नाम त सुनेको तर नराम्रो छवी भएको भन्ने बुझेकाले पनि उनलाई चित्त दुखेको गुनासो गरिन् । युनिताले भनिन् यस्तो अवस्थामा तिनै प्रतिस्पर्धीमाझ आफु अब्बल हुनु भनेको देशलाई चिनाउने एउटा अवसर नै भएको ठानेकी छु ।
उपाधि प्राप्त गर्न के कुराको आवश्यकता पर्दो रहेछ त ? भन्ने पश्नमा युनिताले भनिन् – पहिलो नं.त शिक्षा नै हो, त्यसपछि आत्मविश्वास र सिभिलाईज हुन जरुरी छ । यी तिनै कुराको समन्वय छ भने उपाधि जित्ने चान्स बढी हुन्छ । युनिताले टाइटलसँगै मिस फ्रेण्डसिप र मिस डान्सरको समेत उपाधि जितेकी थिइन् ।
आफु ब्युटि प्याजेन्टबाट नै यहाँसम्म आएकाले भविष्यमा पनि यहि क्षेत्रमा सक्रिय रहने उनको सोचाई छ । मिस नेपाल २०१७ निकिता चन्दक सहित आफु पनि निर्माणाधिन चलचित्र रानीमहलमा अनुबन्धित भएको जानकारी दिइन् ।
प्रतियोगितामा युनिताले मिस वल्र्ड डाइभर्सिटीको उपाधि सहित बेस्ट डान्सको समेत उपाधि जित्दा, भारतकी प्रतियोगी फस्ट रनरअप भएको थिइन् । ‘मिस वर्ल्ड डाइभर्सिटी’को आगामी संस्करण नेपालमा नै गरिने जानकारी पनि युनिताले दिइन् ।
युनिता यसअघि ‘मिस ई–कलेज २०१६’मा सेकेन्ड रनरअप भएकी थिइन् । ‘मिस राजधानी’मा ‘मिस वर्ल्ड’ शिर्षक अन्तर्गतको उपाधि जितेपछि उनलाई सोही उपाधीले डाइभर्सिटीको प्रतियोगी बनाएको थियो । प्रतियोगिता जानु अघि खत्रीले उक्त प्रतियोगीता आफूलाई अन्तष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसरको रुपमा लिएको बताएकी थिइन् ।