
श्रावण २७, काठमाडौं । प्रवासी भूमि अस्ट्रेलियालाई रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा समर्पित रहँदै आएकी मोडल हुन् पवित्रा न्यौपाने । प्रवासमै रहेर पनि पवित्राले हाल सम्म १०,१२ वटा गीतको भिडियोमा अभिनय गरिसकेकी छिन् ।
पवित्राले यो वर्षमा मात्र ४ वटा तीज गीतमा कम्मर मर्काइसकेकी छिन् । ‘खाइन महिले दर’, ‘जनता को आवाज’, ‘तिजै आयो’ र ‘रेलको साँचो’मा अभिनय गरिसकेकी छिन् ।
उनले गत वर्षको तीजमा २ वटा तीज गित ‘अस्ट्रेलियामा आए’ र ‘साउने झरी’ मा कम्मर मर्काइसकेकी छिन् । भुमिका शाहको साउने झरीमा अभिनय गरेपछि सोही गीतबाट चर्चा कमाउन पनि सफल भइन् । यो वर्ष पनि भुमिका शाह र तेजस रेग्मी को आवज को मा सजिएको गीत रेलको साँचो मा दमदार नृत्य प्रस्तुति दिएकि छिन् । विदेशी भूमिबाटै पवित्राको व्यस्तता बढ्दो छ ।