८ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भयो तेस्रो आदिबासी जनजाति चलचित्र महोत्सव

म्यूजिक खबर
प्रकाशित: २७ जेष्ठ २०७६, सोमबार
3rd Indigenous Film Festival

काठमाडौँ । गत जेष्ठ २४ गते शुक्रबारबाट राष्ट्रिय सभागृह काठमाडौमा भएको आदिबासी जनजाति चलचित्र महोत्सव २०७६ सांगीतिक कार्यक्रम सहित भव्य र सभ्य रुपमा २६ गते आइतबार सम्पन्न भएको छ। विभिन्न ८ विधामा अवार्ड प्रदान गर्दै महोत्सव ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।

3rd Indigenous Film Festival
3rd Indigenous Film Festival

चलचित्र महोत्सव २०७६ मा विभिन्न जनजातिहरुको भेषभुषामा निकालेका र्यालीबाट कार्यक्रम स्थल राष्ट्रिय सभागृहमा प्रवेश गरि उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएका थियोे ।

दैनिक रुपमा चलचित्र अवलोकन गर्ने दर्शकहरुको एकदमै उल्लेखनीय रहेको आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले बताए। राज्यको सम्बन्धित निकायलाई इङ्गित गर्दै जनजाति चलचित्रलाई उचित स्थान दिनुपर्ने अध्यक्ष सुनुवारले ध्यानाकर्षण गराए।

3rd Indigenous Film Festival

आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष तथा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले आफ्नो मन्तव्यको क्रममा महोत्सवले जनजाति चलचित्रको लागि अबको दिनमा गुणस्तरीय चलचित्र निर्माण गर्ने टेवा पुर्याउन सक्ने बताएका छ।हरेक हिसाबले यो महोत्सव ऐतिहासिक भएको दाबीसमेत गरेका छन् ।

समापनमा चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।भनेर अध्यक्ष अमृत बहादुर सुनुवार सभापतित्वमा भएको थियो ।

3rd Indigenous Film Festival
3rd Indigenous Film Festival

महोत्सवमा विभिन्न उत्कृष्ट ८ बिधामा अवार्ड प्रदान गरिएको थियो । जसमा छोटो चलचित्रको विधाबाट ‘पुल्टी’ चलचित्र उत्कृष्ट भएको छ भने सुनुवार समुदायमा आधारित तयार पारिएको वृत्तचित्र ‘छेँगु’ उत्कृष्टमा छनोट भएको छ।

अन्य विधामा चलचित्र ‘यारी’बाट युवराज राईले उत्कृष्ट छायाँकारको उपाधि हात पारे । उत्कृष्ट महिला कलाकारको उपाधि बिनिता थापामगरले हात पारिन् भने उत्कृष्ट पुरुष कलाकारमा बलबहादुर गुरुङले जितेका छन् । साथै उत्कृष्ट निर्देशक विधामा भने जसु गुरुङले उपाधि हात पारिएका छिन् ।

3rd Indigenous Film Festival
3rd Indigenous Film Festival

२० चलचित्र मध्येबाट उत्कृष्ट चलचित्रमा ‘के’ (च्याब्रुङ) ले उपाधि जित्न सफल भएको छ । त्यसैगरी पब्लिक च्वाईस अवार्ड विधामा चलचित्र ‘रिजेनासा’ले प्राप्त गरेको छ । उत्कृष्ट चलचित्र अवार्ड प्रमुख अतिथि चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईले प्रदान गरेका थिए ।

3rd Indigenous Film Festival
3rd Indigenous Film Festival
3rd Indigenous Film Festival
3rd Indigenous Film Festival
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु