• चैत्र २ मा ‘पाँचौ एपिक नेपाल म्यूजिक अवार्ड’ हुने, बसुन्धरालाई लाइफटाइम एचिभमेन्ट

    म्यूजिक खबर
    प्रकाशित: ५ फाल्गुन २०८१, सोमबार

    काठमाडौं । एपिक नेपाल म्युजिक अवार्डको पाँचौ संस्करण हुने भएको छ । मध्यपुर थिमी शंखधरपार्क भक्तपुरमा पत्रकार सम्मेलन तथा चियापान समारोहमा कार्यक्रमको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा थिमि नगरपालिकाका निवर्तमान नगर प्रमुख मदन सुन्दर श्रेष्ठले प्रमुख आतिथ्यता गरेका थिए भने म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठको सभापतित्व गरेकी थिइन् ।

    ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको अवार्डमा गीत–संगीतका सबै विधालाई समेटिने जनाइएको छ ।
    लोकसंगीतमा क्रियाशील तथा नवप्रतिभाका सर्वोकृष्ट रचनाको साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे र देउडा गीत, चलचित्र गरि ३२ विधामा अवार्ड प्रदान गरिने आयोजक संस्थाका राजेन्द्र पुरीले जानकारी गराए ।

    आगामी चैत्र २ गते मध्यपुर थिमी नगरपालिका, दुईपोखरीमा सम्पन हुने पाँचौ एपिक नेपाल म्यूजिक अवार्ड २०८१ कार्यक्रममा लाईफटाइम एचिपमेन्ट अवार्ड कलाकार बसुन्धरा भुसाललाई नगद सहित प्रदान गरिने छ भने बरिष्ठ पत्रकार ऋषि धमला र युवा पत्रकार सम्मान क्रषि थपलियालाई नगद राशी सहित सम्मान गरिने भएको छ । त्यसैगरी अभिनेता भुवन केसी र पल शाह पनि सम्मानित हुने छन् । मिथिला शर्मा, सुभ्रतराज आचार्य, चन्द शर्मा, प्रकाश भट्ट, प्रशना शाक्य निर्णायक रहने कार्यक्रमलाई बिभिन्न संघसंस्था र पालिकाहरुले प्रायोजन गर्ने भएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु