रापती म्यूजिक अवार्ड: शाहलाई दीर्घ साधना, मनोज र मेलिना उत्कृष्ट गायक गायिका, पण्डितलाई राष्ट्रिय भावको गीतकार अवार्ड

म्यूजिक खबर
प्रकाशित: २९ चैत्र २०७३, मंगलवार

चैत २९, काठमाडौं । संगीत साधकहरुको सम्मान र प्रोत्साहन गर्ने उदेश्यमा क्रियाशिल रहेको रापती म्यूजिक अवार्डको पाँचौं संस्करण सम्पन्न भएको छ । राष्ट्रिय नाचघरको हलमा जमलमा चैत्र २८ गते सम्पन्न भएको सो अवार्ड समारोहमा राष्ट्रिय भावको गीत, पप गीतसंगीत, लोकदोहोरी, चलचित्र, आधुनिक विभिन्न २९ विधामा अवार्ड प्रदान गरीएको थियो ।

Suman Bairagiयस वर्षको रापती म्यूजिक अवार्ड अवार्डमा सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड मनोज राजले चुम्न सफल भए भने चलचित्र महिला गायन तर्फको अवार्ड अन्जु पन्तले चुम्न सफल भइन् । मनोजले ‘विर्से कित भनीं’ बोलको गीतबाट अवार्ड हात पार्न सफल भएका हुन् भने अन्जुल चलचित्र प्रेमगीतको ‘म त अलपत्रै’ बोलको गीतबाट अवार्ड चुम्न सफल भएकी हुन् ।

’नेपाल भएर नै नेपाली बन्न पाछु…’ बोलको गीतबाट सर्वोत्कृष्ट राष्ट्रीय भाव गीतको अवार्ड सुमन पण्डितले पाउन सफल भए भने सर्वोत्कृष्ट गीत रचनाकारको अवार्ड चलचित्र प्रेमगीतको ‘म त अलपत्रै पर्छु’ बोलको गीतबाट डा.कृष्णहरि बरालले चुम्न सफल भए ।

Dipak-Sharma
त्यसैगरि सर्वोत्कृष्ठ चलचित्र संगीतकार तर्फको अवार्ड चलचित्र छक्का पञ्जाबाट ‘देखन चम्पा’ बोलको गीतबाट दिपक शर्माले हात पारे भने सर्वोत्कृष्ट चलचित्र गायन महिलाको अवार्ड अञ्जु पन्तले चुमिन् ।

भने सर्वोत्कृष्ट चलचित्र गायन तर्फ कृष्ण काफ्लेले चलचिचत्र छक्कापञ्जाको ‘देखन चम्पा’ बोलको गीतबाट अवार्ड उचाल्न सफल भए ।

Krishna Kafley
यस्तै रापती म्यूज़िक अवार्ड २०१७को सो समारोहमा सर्वोत्कृष्ट लोक देहोरी गायक र गायिकाको अवार्ड भने रामजी खाँण र पूर्णकला विसीले उचाल्न सफल भए। लोक देहोरी नव प्रर्तिभा गायिकाको अवार्ड विजेता भने विष्णु बस्नेत रहिन् तेस्तै सर्वोत्कृष्ठ लोक दोहोरी नव प्रतिभा गायकको अवार्ड कर्म मुस्कानले उचाल्न सफल भए ।

सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडीयो मोडेल महिलाको अवार्ड विजेता रश्मी तामाङ हुन पुगिन् भने सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडीयो मोडल पुरूशको अवार्डमा महेन्द्र गौतम अब्बल ठहरिए । सर्वोत्कृष्ट लोकदोहोरी संगीत संयोजक विधा तर्फको अवार्ड राकेश सोनीले उचाल्न सफल भए ।

Rashmi-Tamang

तेस्तै सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडीयो निर्देशकको अवार्ड विजेता बब्बु थापा रहे भने सर्वोत्कृष्ठ लोक गीतको अवार्ड जमुना मगरले आफ्नो भागमा पार्न सफल भइन् ।सर्वोत्कृष्ट पप गीतको अवार्ड भुपु पाण्डेले पाए भने सर्वोत्कृष्ट छायांकार तर्फ रविन्द्र बराल उत्कृष्ट ठहरिए ।

ध्वनी मुद्रणको अवार्ड किशोर थापा, म्यूजिक भिडियो सम्पादक टेकेन्द्र शाह सर्वोत्कृष्ट नवगायिका सुगम संगीततर्फ पूर्णिमा लामा र नवगायक सुगम संगीत तर्फ रमेश कँडेल अनि संगीत संयोजन सुगम संगीत तर्फको अवार्ड विष्णु अधिकारीले जित्न सफल भए।

Rajan-Thakuri

सर्वोत्कृष्ट गीतकारको अवार्ड एकनारायण भण्डारीले उचाल्न सफल भए सुगम संगीत संगीतकारमा सुनिल मास्के उत्कृष्ट ठहरिए । सुगम संगीत तर्फको सर्वोत्कृष्ट गायिका तर्फ मेलिना राई विजयी बनिन् ।

सुगम संगीत गायन पुरुष तर्फ भने मनोजराजले अवार्ड उचाल्न सफल भए । साथै सर्वोत्कृष्ट सुगम संगीत एल्बम को अवार्ड विजेता भने गीतकार नृपध्वज खड्काको एल्बम ‘पल्लवी’ हुन पुग्यो । सर्वोत्कृष्ठ सुगम संगीत म्युजिक भिडीयो निर्देशक कपिल लामा, सर्वोत्कृष्ट महिला मोडल सुगम संगीत तर्फ वर्षा शिवाकोटी, सर्वोत्कृष्ट मोडल पुरुष सुगम संगीत तर्फ बिक्रम बुढाथोकीले अवार्ड उचाले ।

Ranjita-Gurung

अवार्डमा शंकर बिसी र पार्वती राईले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए भने बाल कलाकार याङ्शु श्रेष्ठले पनि नृत्य गरेकी थिइन् । भने विपिन घिमिरे, गोविन्द मधुर लगायतको गीतले रापती म्यूजिक अवार्डलाई थप रोचक बनाएको थियो ।

Santosh Shrestha

सो समारोहमा संगीतकार तर्फ सन्तोष श्रेष्ठ, गायनतर्फ कृष्ण रेउलेलाई जुरी अवार्ड प्रदान गरिएको थियो । रापती म्यूजिक अवार्डमा लाइफटाइम अचिभ्मेण्ट अवार्डबाट बरिष्ठ गायिका चन्द्रकला शाहलाईसम्मान गरीयो ।

Chandrakala-Shah

अवार्डलाई नेपाल टेलिभिजन २, गोरखा एफएमले प्रत्यक्ष प्रसारण गरिएको थियो । रापती म्यूजिक अवार्डलाई सहयोग पू¥याउने संघ संस्था र व्यक्तिहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो ।

रापती समाजका अध्यक्ष शशि शर्मा मजगैंयाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रमुख आतिथ्यता रहेको थियो भने सभासद देबेन्द्रराज कँडेल लगायतको उपस्थिति रहेको थियो ।

Kishor Thapa Sound Recordist_ Rapati Music Award

प्रस्तुत छ अवार्ड विजेता स्रष्टाको नामावली :
१. सर्वोत्कृष्ट राष्ट्रभावको गीत अवार्ड– सुमन पण्डित ‘वैरागी’
२. सर्वोत्कृष्ट चलचित्र संगीतकार अवार्ड– दीपक शर्मा
३. सर्वोत्कृष्ट चलचित्र गायन महिलातर्फ– अञ्जु पन्त (म त अलपत्रै पर्छु)
४. सर्वोत्कृष्ट चलचित्र गायन पुरुषतर्फ– कृष्ण काफ्ले (छक्कापञ्जा)
५. सर्वोत्कृष्ट चलचित्र गीत रचनाकार– कृष्णहरि बराल
६. सर्वोत्कृष्ट आधुनिक नवगायिका– पूर्णिमा लामा
७. सर्वोत्कृष्ट लोकदोहोरी नवगायिका – विष्णु बस्नेत
८. सर्वोत्कृष्ट लोकदोहोरी नवगायक – युवराज मगर
९. सर्वोत्कृष्ट लोकदोहारी शव्द– राजन ठकुरी
१०. सर्वोत्कृष्ट लोकदोहोरी भाका– कस्तुप पन्त
११. सर्वोत्कृष्ट लोकदोहारी गायिका– पूर्णकला बीसी
१२. राप्ती लाइफटाइम एचिभमेण्ट अवार्ड– चन्द्रकला शाह ।
१३. सर्वोत्कृष्ट लोकदोहोरी गायक– रामजी खाँड
१४. सर्वोत्कृष्ट लोकदोहोरी संगीत संयोजन– राजेश वली
१५. सर्वोत्कृष्ट लोकदोहारी म्युजिक भिडियो मोडल महिला– रश्मि तामाङ
१६. सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो मोडल पुरुष– महेन्द्र गौतम
१७. पव्लिक च्वाइस अवार्ड– रञ्जिता गुरुङ
१८. एसएमएस च्वाइस अवार्ड– कर्म मुस्कान
१९. जुरी अवार्ड– शंकर बीसी
२०. जुरी अवार्ड संगीततर्फ– सन्तोष श्रेष्ठ
२१. जुरी अवार्ड गायकतर्फ– कृष्ण रेउले
२२. सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो निर्देशक– बब्बु थापा
२३. सर्वोत्कृष्ट लोकगीत– जमुना राणा
२४. सर्वोत्कृष्ट पप गीत– भूपु पाण्डे
२५. सर्वोत्कृष्ट छायाँकार– रविन्द्र बराल
२६. सर्वोत्कृष्ट ध्वनि मिश्रण– किशोर थापा
२७. सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक– टेकेन्द्र शाह
२८. सर्वोत्कृष्ट सुगम संगीत नवगायक– रमेश कँडेल
२९. सर्वोत्कृष्ट संगीत संयोजक सगुम संगीत– विष्णु अधिकारी
३०. सर्वोत्कृष्ट रचनाकार सुगम संगीत– एकनारायण भण्डारी
३१. सर्वोत्कृष्ट संगीतकार सुगम संगीत– सुनिल मास्के
३२. सर्वोत्कृष्ट गायिका सुगम संगीत– मेलिना राई
३३. सर्वोत्कृष्ट गायक सुगम संगीत– मनोज राज
३४. सर्वोत्कृष्ट एल्बम सुगम संगीत– पल्लवी
३५. सर्वोत्कृष्ट सुगम संगीत मोडल महिला– वर्षा शिवाकोटी
३६. सर्वोत्कृष्ट सुगम संगीत मोडल पुरुष– विक्रम बुढाथोकी
३७. सर्वोत्कृष्ट सुगम संगीत भिडियो निर्देशक– कपिल लामा
३८. सर्वोत्कृष्ट नवप्रतिभा राप्ती अवार्ड– ध्रुव कमेडी

Rapti music award

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु