• शम्भु नेपालको शब्द रहेको ‘ए निष्ठुरी’मा ८ गायक–गायिकाको स्वर

    म्यूजिक खबर
    प्रकाशित: २० पुष २०७९, बुधबार

    काठमाडौं । कुशल सर्जक शम्भु नेपालको शब्दमा ‘ए निष्ठुरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
    उद्धब कार्की, पार्वती कार्की, रामकुमार नेपाली, राम मोहन कार्की, दिनेश श्रेष्ठ, रामकुमार खतिवडा, कोपिला तामाङ्ग र शर्मिला सुबेदीको सुमधुर स्वर सुन्न सकिन्छ । त्यस्तै राम स्याङ्गतानले गीतमा लय भरेका हुन् भने पूर्ण संयोगले एरेन्ज गरेका हुन् ।

    वियोगान्त सैलिमा तयार भएको यस गीतको भिडियोमा प्रकाश तामाङ्ग ‘राज’, सिवानी कार्की, सागर स्याङ्गतान, र शुष्मा वाइबाको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ ।

    रिता लामा र सुशिला घिसिङ्गको संयुक्त प्रस्तुतिमा सार्वजनिक गरिएको यस गीतमा आफुले अथाह माया गरेको मान्छेले माया गर्ने मुटुलाई नै सीसासरी फुटाएको कथा समाबेश गरिएको छ ।

    मिलन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोलाई सन्तोष तिमल्सिनाको छायाँकन गरेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् । संगीतकार राम स्याङतानकै युट्युब च्यालमार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु