विनोदले बाबालाई छाडे आश्रममा आमालाई छाडे देवघाटमा

म्यूजिक खबर
प्रकाशित: ११ कार्तिक २०७२, बुधबार

आजभोलि छोराले आमाबाबुलाई आश्रममा छाडिदिने प्रचलन बढ्दै गएको बेलामा अभिनेता विनोद श्रेष्ठले पनि आफ्ना बाबुलाई आश्रममा छाडेर आए भने आमालाई देवघाटमा छाडेर आएका छन् । श्रीमती विहे गरेपछि घरमा सधैं झगडा परेकै कारण उनले आमालाई देवघाट पु¥याएका हुन् भने बाबालाई झुक्याएर आश्रममा छाडेर आएका हुन् । श्रीमतीले वस्तुभाउ नपाल्ने, घाँस काट्न नसक्ने, घरका काम गर्न नसक्ने भनेर सधैं झगडा गरेपछि उनले बाबुआमालाई छाड्ने कि श्रीमती भन्ने मोडमा पुगेका हुन् । विनोदले आखिरमा श्रीमती भन्दा बाबुआमालाई नै छाडेर आएका छन् ।
यो वास्तविकता हो तर अभिनेता विनोदले नै भने आफ्ना बाबु आमालाई छाडेका होइनन् । उनले अभिनय गरेको म्यूजिक भिडियोमा अहिलेको वास्तविकता घटनालाई उजागर गरिएको हो । आजभोलि आफ्नो बुढा बाबुआमालाई आश्रममा छाड्नेहरु धेरै छन् ।

श्रीमती पाएपछि साथमा
मैले आमालाई छोड्दिएँ देवघाटमा
श्रीसम्पत्ति प्यारीकै नाममा
मैले बाबालाई छोड्दिएँ आश्रममा

mukti sapkota

घरको सबै सम्पत्ति श्रीमतीको नाममा गरिदिएर बुढा भएका आमालाई देवघाटको आश्रममा छाड्ने, बुबालाई आश्रमतिर छाडेर भाग्ने गरेको यथार्थ घटनालाई मुक्ति सापकोटाको गीतमा समावेश गरिएको छ । मानवीय संवेदनालाई समेटेर गायक मुक्ति सापकोटाले गीत लेखेका छन् संगीत भरेका छन् भने आफैंले स्वरसमेत भरेका छन् । साई भिजन प्रा.लि.ले बजारमा ल्याएको उक्त गीतको म्यूजिक भिडियोमा विनोद श्रेष्ठ, सुष्मा अधिकारी, सुरवीर पण्डित र लक्ष्मी भुसालले अभिनय गरेका छन् । प्रकाश भट्टको निर्देशनमा तयार पारिएको उक्त म्यूजिक भिडियोलाई देवघाट आश्रम वरिपरि नै छायाँकन गरिएको हो । हरिनारायण चौधरीको छायाँकन रहेको यस म्यूजिक भिडियोमा विष्णु शर्माको सम्पादन रहेको छ ।

 

binod shrestha

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु