• जवानीको लाली चढेकी सोनिका

    म्यूजिक खबर
    प्रकाशित: ६ माघ २०७०, सोमबार

    काठमाडौं, ६ माघ । टिनएजमा पुगेकाहरुलाई जवानीको लाली चढ्नु स्वभाविकै हो । तर आजभोलि सोनिकाले भने टिनएज काटेजस्तो लाग्छ तैपनि उनको लाली अब बल्ल चढ्दैछ रे । कुरो पनि त ठीकै हो टिनएजमा चढेको लालीले झन् उचाइ कायम गर्दै होला क्यारे । सोनिकालाई जवानीको लाली चढेर पिरतीको खिल गडेको छ रे । त्यही भएर होला काउकुती लाग्यो भनेर अब सबैतिर भन्दै हिंड्न पो थालेकी छन् । सोनिका अहिले कोही भेट्यो की मेरो एउटा आइटम नम्बर हुने धोको छ क्या त्यसैले त मेरो जवानीको लाली चढेको भनेको नि ? भन्दै दुखेसो पोखेकी हुन्छिन् । sonika-lama
    सोनिकाको आइटम नामक एल्बम बजारमा ल्याएकी सोनिका लामाले आफ्नो स्वरको जादू देखाउँदै आइटम बन्न सफल भएकी छिन् । उनको एल्बमभरि सबै आइटम सङ मात्रै रहेका छन् । उनी आफूलाई गायनमा स्थापित गर्न तेश्रो एल्बममार्फत चाहिँ सबै आइटम गीत लिएर आएकी छन् । दिपक खाँडको निर्देशन रहेको उनको गीतलाई रामेश्वर कार्कीले खिचेका छन् । जवानीको लालीमा सम्पदा, नरेश र विनोदको अभिनय रहेको छ । विकास विक्कीको शब्द रहेको उक्त गीतमा केदार नेपालीको संगीत रहेको छ ।

    Sonika Lama’s Music video Jawaniko Lali Chadyo

    [youtube]http://www.youtube.com/watch?v=P7_D4Q5sYf4&list=UU3hu0lOcyDyIn2ylt47En4w[/youtube]

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु