
माघ २२, काठमाडौं । चर्चित अभिनेत्री तथा नृत्यांगना एलिशा राईले आफूलाई झ्याईं झ्याईं पार्ने रहर जागेको कुरा नृत्यमार्फत व्यक्त गरेकी छिन् ।
गायिका सरु राई सरस्वतीको नया“ गीत ‘झ्याईं झ्याईं झ्याईं..’ को म्युजिक भिडियोमा एलिशाले अभिनेता निराजन प्रधानसंगै झ्याईं पार्ने चाहना व्यक्त गरेकी हुन् । हालै सार्वजनिक उक्त गीतमा गायिका सरु राईकै शब्द तथा संगीत सुन्न सकिन्छ । प्रदीप जोशीले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
आधुनिक शैलीको उक्त गीत नृत्यपरक छ । पहिलो पटक सुन्दैमा नाचौं–नाचौं लाग्ने उक्त गीतको भिडियोमा चर्चित नृत्यांगना एलिशा राईले दर्शकको मन जित्ने शैलीको नृत्य गरेकी छिन् । भिडियोमा एलिशालाई अभिनेता निराजन प्रधानले अभिनय गरेर साथ दिएका छन् ।
युवराज वाइवाद्वारा निर्देशित भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरे उक्त भिडियोका सम्पादक हुन् ।
यस्तो छ झ्याईं झ्याईं को म्युजिक भिडियो:
https://youtu.be/qtLb90TaF6M