जेठ १७, काठमाडौं । नेपाली चर्चित मोडल तथा भिजे सोनिका रोकायाको अभिनयमा गायिका मिना ढकालको “कालि गोरी नेपालकी छोरी ” बोलको लोक पप गीत बजारमा आएको छ ।
मिना ढकालको शब्द सिर्जना तथा राज खड्काको लय सिर्जनामा मौलिक पनको शब्दको प्रयोग गरिएको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई राजेश कुमार ले सम्पादन गरेका छन । भिडियोमा युवा पुस्तामा निकै लोकप्रिय मानिएकी मोडल सोनिका रोकायाको गितमा सर्वोकृष्ट अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।