
काठमाडौं । गायिका रेश्मा सुनुवारको नया गीत ‘उल्लु’ को भिडियो सार्वजनिक गरिएको छ ।गायिका सुनुवारको शब्द तथा संगीत रहेको यस गीतलाई सुनुवार कै अफिसिएल युटुब बाट सार्वजनिक गरिएको छ ।
सार्वजनिक म्युजिक भिडियो अहिले सम्मकै नेपाली म्युजिक भिडियोहरुमा फरक किसिमको मेकिङ्ग गरिएको छ ।
हलिउड फ्लेबरको मेकिङ्ग रहेको यस भिडियो लाई सिनेमाटोग्राफर अनिल के मानन्धरले खिचेका हुन् । यस गीतमा निर्देशक बिभोर पोख्रेलको मेहेनत राम्रै देखिन्छ ।
म्युजिक भिडियो निर्देशक बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन्। अनुराग सँगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामा लाई फिचर गरिएको छ।