अग्रज व्यक्तित्वको हातबाट ‘अनुज’ विमोचित !

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७५, आईतवार

काठमाडौं । आधुनिक गीति संग्रह ‘अनुज’ को बिमोचन गरिएको छ । श्रुति संगीत विद्यालयको आयोजनामा गीति संग्रहको बिमोचन गरिएको हो । चर्चित संगीतकार एवम् गायक साथै श्रुति संगीतका प्रबन्ध निर्देशक नरहरी प्रेमीको सभापतित्वमा सम्पन्न भएको सो बिमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिष्ठ गीतकार रत्न समशेर थापा रहेका थिए ।

उक्त बिमोचन कार्यक्रम भरत भट्टले संचालन गरेका थिए । कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशकहरु दयाराम दाहाल र मदन घिमिरे, डा. तारालाल श्रेष्ठ, बरिष्ठ गायक आनन्द कार्की, रामकुमार एलन, प्रसिद्ध संगीतकार सिके रसाईलीलगायत अन्य कलाकारहरु र पत्रकारहरूको सहभागिता रहेको थियो ।

आधुनिक गीति संग्रह ‘अनुज’ मा कुशल संगीतकार सम्राट थापाको एकल संगीत रहेको छ भने कुशल गीतकार मीन बानियाँको एकल शब्द रचना रहेको छ । ‘अनुज’ गीति संग्रहमा आनन्द कार्की, सम्राट थापा, नरहरि प्रेमी, राम चन्द्र काफ्ले, दिपक लिम्बू, जिना रसाइली, सानु मैयाँ यादवको स्वर समेटिएको छ । यस गीतकी प्रस्तुतकर्ता शोभा बानियाँ रहेकी छिन् ।

 

चर्चित गायक गायिकाको स्वरले सजिएको, दुर्गा र बिनोदको ‘अन्ली फर यु’ सार्वजनिक !(भिडियो)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु