चर्चित गायक गायिकाको स्वरले सजिएको, दुर्गा र बिनोदको ‘अन्ली फर यु’ सार्वजनिक !(भिडियो)

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७५, आईतवार

काठमाडौं । दुर्गा प्रधानको एकल शब्द र बिनोद पछार्इंको एकल संगीतमा सजिएको ‘अन्ली फर यु’ एल्बममा बिमोचन गरिएको छ । गीतकार तथा पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाको प्रमुख आतिथ्यका साथै बिभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सो एल्बम विमोचन गरिएको हो।

‘अन्ली फर यु’ एल्बममा ५ ओटा गीत समावेश गरिको छ, जसमा दुर्गा प्रधानको एकल शब्द र बिनोद पछार्इंको एकल संगीतमा सजिएको गीतमा बिभिन्न चर्चित गायक गायिकाहरुले आफ्नो स्वर भरेका छन् भने गीतको एरेन्ज रिदम कडेलले गरेका छन् ।

कार्यक्रममा चर्चित गायक शिव परियारले स्वर रहेको र आकास श्रेष्ठ र सारा सिर्पालीद्वारा अभिनित म्युजिक भिडियो ‘रात पनि दिन हुन्थ्यो’ सार्वजनिक गरिएको थियो ।

स्याड भर्सनको सार्वजनिक गीतलाइ निर्देशन भने निसान कयास्प घिमिरेले गरेका हुन् । उत्सब दाहालले खिचिएको भिडीयोलाइ सम्पादन बिकास दाहालको रहेको छ ।

हेर्नुस् भिडियो

जिन्दगीमा उतार चढाव आए पनि संगीतले बचाइरहेको छः प्राश्ना

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु