काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीको आवाजमा ‘सोह्र बर्षे उमेर’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार टिमायाको राईको शब्द रचना भएको सो गीतमा ॐ शंकर कर्माचार्यको संगीत रहेको छ ।
केली राई प्रती समर्पित रहेको उक्त गीतको म्युजिक भिडियोमा चक्र बम र अल्का सुबेदीको अभिनय छ । यो गीत सुकुटे बिचका रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।
गीतको भिडियोलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने हस्त बहादुर राईको निर्माण, राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । गीतलाई टिमाया राई यूट्युव च्यानलमा अपलोड गरिएको छ ।
भिडियो हेर्नुहोस्