• गायक टंक तिमिल्सिनाको “बैंस उमेर“ (भिडियोमा हेर्नुस)

    म्यूजिक खबर
    प्रकाशित: १३ चैत्र २०७५, बुधबार ०९:४३

    आर पोखरेल

    काठमान्डौँ । लोक लय तथा डान्सिङ गीतहरुका लागि पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बनेका गायक टंक तिमिल्सिना अभिनय तर्फ पनि मोडिएका छन् । आफ्नै केहि गीतहरुमा पनि मोडलको रुपमा देखिएका उनी पछिल्लो समय सार्बजनिक एक भिडियोमा सोलो मोडलको रुपमा देखिएका छन् । भर्खरै सार्बजनिक भएको ‘बैँस उमेर’ बोलको भिडियोमा उनी मोडलको रुपमा प्रस्तुत भएका हुन् । उक्त भिडियोको गीतमा टंक तिमिल्सिना र गायिका इरानी बम र गायिका स्मिृती शाहीको स्वरमा रहेको छ भने शब्द टंक र जिवन शाही र टंक स्यमले संगीत गरेका छन ।

    डान्सिङ बिटको गीतको भिडियोमा टंक तिमिल्सिनालाई करिष्मा ढकालले साथ दिएकी छन । डान्सिङ विटमा तयारमा तयार पारिएको भिडियोलाई निकै आर्कर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतको भिडियोको छायाँकन सुरेश श्रेष्ठ , सम्पादन दिपक विष्ट र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
    “बैंस उमेर “ हेर्नुहोस भिडियो ।

     


    https://www.youtube.com/watch?v=DEMkrumt884&t=2s

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु