केशब र सोमालीको ‘डुप्लिकेट माया’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०७६, आईतवार

चिरन्जीवी भण्डारी, काठमाडौं । उडी जाने चरीलाई, धन हुनेलाई मन नहुने, चोट खाएँ ठक्कर खाएँ, फुलको सुवाष, जस्ता चर्चित गीतहरु बाजारमा ल्याई सकेका गीतकार केशब बिश्वकर्माले अहिले भने आफ्नै रचना तथा स्वरमा ‘डुप्लिकेट माया’ बाजारमा ल्याएका छन् । उक्त गीतमा केशब बिस्वकर्मा र सोमाली लामाको आवाज रहेको छ । गीतमा समय सान्दर्भिक माया प्रेम र ईन्टरनेटका बिषय बस्तुलाई बयान गरिएको छ ।

गीतको भिडियो तर्फ गायिका स्वयम् सोमाली लामा र दुर्गेश थापा फिचरीङ भएका छन् । गायिका सोमाली लामाको पहिलो गीत र भिडियो भएता पनि राम्रो गाउनुका साथै राम्रो अभिनय गरेको गीतकार केशब बिस्वकर्मा बाताउँछन् । साथै गीतकार केशब भन्छन, अहिले सम्म मेरो रचनामा जति गीतहरु आए तिनी गीतहरु भन्दा यो गीत बेग्लै फरक रहेको बताए ।

गीतमा संगीत तथा संगीत संयोजन पुस्कर सुनुवारुको रहेको छ भने , गीतको भिडियोमा निर्देशन तथा सम्पादन क्रान्ति केसी ,छायांकन अजय रेग्मी नृत्य निर्देशन समिर थोकरुको रहेको छ । गीतमा ३० जना कोरस पनी समाबेश गरिएको छ ।

गीतमा रमाईलो नृत्य सहित दुर्गेश थापा र सोमाली लामाको मनमोहक अभिनय देख्न पाईञ्छ । गीतको भिडियो पुस्कर सुनुवारको अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ । गीतको अडियोलाई मेलोडी नेपालले पोस्ट प्रोडक्सन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु