• प्रतिभा प्रदर्शन गर्दै मिस नेवाः नेपाः ११३९ का प्रतिस्पर्धि

    म्यूजिक खबर
    प्रकाशित: २७ जेष्ठ २०७६, सोमबार
    Miss Newa Talent Show

    काठमाडौं । मिस नेवाः नेपाः ११३९ का प्रतियोगितहरुले शुक्रवार काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

    नेप्लीज फेसन होमले आयोजना गर्न लागेको नेवार समुदायका युवतीहरुको यो प्रतियोगिताका प्रतिस्पर्धिहरुले नेवारी कला र संस्कृति झल्कने शैलीका प्रतिभा प्रस्तुत गरेका थिए ।

    प्रतियोगिताका प्रतिस्पर्धिहरुमध्ये अधिकांशले नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ती मध्ये अधिकांश प्रतिस्पर्धि युवतीहरु हाकु पटासीसहितको नेवारी पहिरन लगाएका थिए ।

    कार्यक्रममा सिर्जना श्रेष्ठ, रेफिना श्रेष्ठ, रोशनी कुमपाखा, स्केना कोजु, बिदिशा श्रेष्ठ, पल्सा महर्जन, सुजिना शाही, कञ्चन तिताजु, संगीता महर्जन, कृषा गैंजु, रोजी शाक्य, नीतु ढंगोल, अजुमी शाही, इशा श्रेष्ठ तथा यूनिषा शाहीले विभिन्न नेवारी गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । ती मध्ये रोजी धान नृत्य प्रस्तुत गरेकी थिइन् भन् सुजिना शाहीले कुमारी नृत्य प्रस्तुत गरेकी थिइन् । रोशनी कुम्पाखाले महाकाली नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा कृतिका प्रजापतिले भने भ्वाइलिन बादनमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेकी थिइन् ।

    पूर्व मन्त्री भिमसेन दास प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न ट्यालेन्ट शोको निर्णायकमा नेपाल टेलिकमकी व्यवस्थापक रिना डंगोल, पूर्व मिस नेवाः रिजु मानन्धर, गायक प्रवेशमान शाक्य, नेपाल क्यूकोसिन सिसन क“राते एसोसिएसनका अध्यक्ष अशोक श्रेष्ठ, बुटिक एसोसिएसनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, सञ्चारकर्मी विजयरत्न तुलाधर, समाजसेवी श्याम खड्गी, उद्यमी प्रदीपमान प्रधान, आदि निर्णायकमा थिए ।

    आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार कला, संस्कृति, गीत, संगीत, नृत्य, रितीरिवास, रहनसहन, खानपिन आदिका बारेमा जानकारी गराउन तथा तीनको संरक्षणका लागि यो प्रतियोगिता आयोजना गरिएको बताएकी छिन् ।

    मिस नेवाः को ग्राण्ड फिनाले जेठ ३२ गते शनिवार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ ।

    तस्बिरहरु ः शिवलाल श्रेष्ठ÷तस्बिर द स्टुडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु