चलचित्रकर्मी कल्याणकारी कोषलाई तीन आमाको पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २९ जेष्ठ २०७६, बुधबार
Basundhara Bhusal-Bhuwan Chand-Chaityadevi Singh

काठमाडौं । प्रथम नेपाली चलचित्रका ‘आमा’ भनेर चिनिने बरिष्ठ तीन अभिनेत्रीले आफ्नो नाममा स्थापना गरेको पुरस्कार चलचित्रकर्मीका लागि समर्पण गरेका छन् । प्रथम नेपाली लचचित्र ‘आमा’की तीन नायिका भुवन चन्द, बसुन्धरा भुषाल र चैतेदेबी सिंहले चलचित्रकर्मी कल्याण कोषलाई एक लाख ५३ हजार रुपैयाँको राशी सहितको पुरस्कार प्रदान गरेका छन् । यी तीन नायिकाले स्थापना गरेको ‘हरिश भुवन चन्द, चैत्यदेबी सिंह, चेतनारायण बसन्ुधरा भुसाल पुरस्कार–२०७६’ बुधबार चलचित्र विकाश बोर्डमा एक समारोहबीच चलचित्र विकाश बोर्ड चलचित्रकर्मी कल्याणकारी कोषलाई प्रदान गरियो । जसमा  हरिश भुवन चन्द पुरस्कार रु.५१०००।–, चैत्यदेवी सिंह पुरस्कार रु.५१०००।– र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार रु.५१०००।– प्रदान गरियो । भुवन चैत्य बसुन्धरा फाउण्डेशन मार्फत रु.१,५३,०००।– हजार चलचित्र कल्याण कोषमा जम्मा गरिएको हो । चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले कार्यक्रममा सो पुरस्कार ग्रहण गरे । पुरस्कार स्वरुपको राशी एक लाख ५३ हजार रुपैयाँ चलचित्रकर्मी कल्याणकारी कोषमा जम्मा गरिने भएको छ ।

Mohan Niroula
व्यक्तिलाई दिनु भन्दा पनि कोषमा पैसा जम्मा गर्दा सबैलाई आपत बिपत पर्दा सहयोग हुने भएकाले कोषलाई यो पहिलो पुरस्कार प्रदान गरिएको पुरस्कार समितिकी अध्यक्ष बसुन्धरा भुषालले बताईन् । सो पुरस्कार प्रदान कार्यक्रमको बोर्ड अध्यक्ष केशब भट्टराई सहित अग्रज सिनेकर्मी चेतन कार्की, यादब खरेल, निर शाह लगायतले खुलेर प्रसँसा गरे ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको फाउण्डेशनको कार्यकारी समितिमा अध्यक्ष बसुन्धरा भुसाल, उपाध्यक्ष भुवन थापा चन्द, चैत्यदेवी सिंह, सचिव मोहन निरौला, सह–सचिव चेतनारायण भुसाल, कोषाध्यक्ष माइकल डी चन्द ठकुरी, सदस्य प्रेम बम्जन (पुष्कर लामा), अञ्जु रञ्जितकार, राजु प्रसाद धिमाल तथा संरक्षक सृजना पाठक, शैलेश भुसाल, शिला चन्द रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु