सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा गायक पुर्ण संयोगको आवाजमा ‘मायाले नै जल्यो’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेम र विरहलाई समेटिएको छ । आफुले सबै भन्दा धेरै माया गरेकी प्रेमिकाले विना कारण धोका दिईँ पराईको बन्न पुग्दाको पिडालाई समेटिएको छ । पुर्ण संयोगको शब्द तथा संगीत गीतमा रहेको छ । महेश महरा, प्रतिक बहादुर श्रेष्ठको छायाँकन तथा चेतन सागरको सम्पादन एवम पुर्ण संयोगको निर्देशनमा भिडियो तयार पारिएको छ । ‘मायाले नै जल्यो’ गीतको भिडियोमा पुर्ण संयोग र रचना साहुको अभिनय रहेको छ ।