दुर्गा पंगेनी;
सर्जक कृष्ण सुवेदीले बैदेशीक रोजगारीले सृजना गरेको विकराल सामाजीक समस्यालाई तिजगीत ‘चरित्रहिन’ मार्फत उठान गरेका छन ।
हुन त यो समाजमा देखीएका सिमीत पात्र मात्रको चरित्र उठान गर्न खोजेको होला तर गीतमार्फत छ्यापीएको हिलो भने लोग्ने विदेश गईसकेपछी ‘डेरा सरेका’ सम्पुर्ण महिला माथी छ्यापिएको छ ।
गीतको भाव नराम्रो भनौं भने यही मै समाजको ऐना हो यथार्थता हो, राम्रो भनौं भने नविग्रेका महिलाले पनि विग्रीएको ट्याग भिर्नुपर्ने बनाएछ गीतले।
सिंगै समाज विग्रीसकेको छैन । कृष्ण सुवेदीले देखेको समाज र पवि सुवेदीले अभिनय गरेको समाज भन्दा बाहिर “सोझो मार्गमा’ हिड्ने बैदेशिक रोजगारीमा गएका युवा हरुका श्रिमती हरु पनि समाजमा बाकी छन हाम्रो समाजमा जुन भिडीयोमा देखाईनु पर्थ्यो ।
भिडीयोमा त्यसरी बिग्रेकी कुनै युवती संग अर्की घरबार धानेर बसेकी युवतीको तुलना गरेर पनि देखाउन सकिन्थ्यो जसले हाम्रो समाजको सकारात्मक पाटो र अझै धेरै वास्तविकता समेत बाहिर ल्याउन सक्थ्यो तर त्यसो गर्न निर्देशक चुकेका छन ।
वैदेशिक रोजगारीमा गएका युवाले यो गीत पटक पटक हेर्नेछन यसमा दुईमत छैन तर उनिहरुको मनस्थितीमा गीतले कस्तो असर पार्नेछ यसै भन्न सकिन्न । सरासर भिडीयो हेरेर श्रिमती प्रति नै नकारात्मक सोचको विकाश नगर्ला भन्न पनि सकींदैन ।
गीतको अन्तिम अन्तरा याचनात्मक तर वियोगान्तक छ । पुरुषको मनले माफी दिदैन भन्ने देखाईएको हो या त्यस किसीमको गल्ती माफी दिन लायक हुदैन भनेर देखाउन खोजीएको हो प्रष्ट भएको छैन । जे होस कथामा पात्रको घरबाट टुटेको छ ।
गीतको प्रभावले कसैको घरबार नटुटोस । टुट्ने संघारमा भएकाहरुको पनि गीत हेरेपछी जोडीने अवस्था आओस । दाम्पत्य जिवन नछुटोस नविग्रोस कसैको चरित्रमा दाग नलागोस -गीतको भाका पुरानो हो, शब्द मिठो र भिडीयो राम्रो छ । अपलोडको २० घण्टामा सत्तरी हजार दर्शकले गीत हेरीसकेका छन ।
अन्तीम अन्तरा:
केटा:
तेरै हातमा थियो सिरी सम्पतीको चापीनी
दम्पतीको साईनो आज टोडीस पापीनी
बिगारीस नी घर मेरो बिगारीस नी घर
घरमै नाठो बोलाउन लागेन है डर
केटी:
गलत बाटो हिडीरैछु पोईको कन्ना पछाडी
मारिदिनुस अव मलाई घाँटी अँचाडी
मेरै हो नी दोष पुरै मेरै हो नी दोष
गलत बाटो हिड्दा पनि पाईन मैले होस